 |
Home» Around the World »Weird and Interesting |
कमिला मार्न घरै ध्वस्त
पोल्याण्डका एक पेन्सनवाला व्यक्तिले कमिलाको आक्रमणबाट बच्न एक किसिमको औषधि प्रयोग गर्दै रहँदा कमिला भाग्नु त कहाँ हो कहाँ उनी आफैँ अस्पताल पुग्नु मात्र परेन, उनको फ्ल्याट पनि ध्वस्त हुन पुगेको छ ।
केही साता यता ७४ वर्षीय मार्सिन बार्र्टोसले कमिलाहरुले ज्यादै दुःख दिएको भन्दै थुप्रै किसिमका कीटनाशक औषधिहरु प्रयोग गरिरहेका थिए । तर त्यसबाट उनको घरमा पल्किएका कमिलाहरु रत्तिभर डराएनन् । उनीसँग भएका कीटनाशक औषधिको डब्बालाई उनले कमिला आउने ठाउँहरुमा दूलो टालेझैँ टाले । त्यसपछि उनले आगो लगाए ।
एक साथ १२/१५ वटा कीटनाशक औषधिको डब्बामा आगो लाग्दा त्यो निकै ठूलो बम पड्किएझैँ गरी आवाज मात्र आएन, उनको फ्ल्याट नै ध्वस्त भयो । अब फ्ल्याट ध्वस्त भयो भने विचरा बूढा मार्सिन के सद्दे रहे होलान् ? उनलाई छिमेकीहरुले तत्काल अस्पताल भर्ना गराए ।
उनको फ्ल्याट बाहेक वरपरका दुइ फ्ल्याट पनि ध्वस्त भएका छन् । तर अन्य फ्ल्याटमा बस्नेहरुलाई चाहिँ केही भएको छैन ।
यस घटनापछि प्रहरीले उनी निको हुने समयको प्रतिक्षा गरिरहेका छन् । कमिलालाई ध्वस्त पार्न गरेको प्रयासले आफ्नै र अरुको फ्ल्याट पनि ध्वस्त भएपछि उनलाई के कारवाही गर्ने भन्ने कुराको निक्र्योल निकाल्न प्रहरीहरु असफल भएका छन् । | |
|
|
|
|
|
|
|
|
|
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, | | | | | | |