Home» Around the World »Weird and Interesting

एउटा यस्तो बौलाहा

आफूलाई कहिले जिजस क्राइष्ट त कहिले जर्ज बुस हुँ भन्दै हिँड्ने एक बौलाहालाई अलाबामा प्रहरीले पक्राउ गरेका छन् ।

नाङ्गै शहर शहर हिँड्ने यी ३० वर्षीयलाई प्रहरीले त एक पटक गोलीसमेत हाने, नाङ्गै नहिँड्न चेतावनी दिँदादिँदै पनि ।

एकाबिहानै अलाबामाको मध्यमा नाङ्गै उभिएर हल्ला गर्दै गर्दा एक मोटर चालकले प्रहरीलाई खबर गरेका थिए ।

जब प्रहरी आए, पहिले त यी बौलाहाले आफू जिजस क्राइष्ट भएको बताए । तापनि उनको एकाएक भगवान अवतार प्रति प्रहरीहरुले चासो नदेखाएपछि उनी आफूलाई जर्ज बुस भएको बताउन थाले । यसपछि चाहिँ प्रहरीको कन्सिरी तात्यो र उनलाई हतकडी लगाए । तर यी ज्याद्रा तन्नेरीले दाबी गरे- "म जिजस क्राइष्ट भएको हुँदा यस्ता पाजी हतकडीलाई त युँ भाँचिदिन सक्छु ।"

उनलाई प्रहरीले खोरमा जाकेर दुइ चार डन्डा लगाएपछि आफूले रक्सी खाएको र नशाको सुरमा बेसुर बनेको स्वीकार गरेका छन् । उनलाई प्रहरीले प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा जेल चलान गर्ने जनाएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
फट्याइँ नग्नता माया सुन्दरी सेलेब्रिटी गुगल इन्टरनेट भव्यता बलिउड मूर्ख्याइँ विज्ञापन कीर्तिमान मुद्दा मामिला श्रीमानश्रीमती हलिउड उपाय परिस्थिति उदेकलाग्दो उदारता प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,