Home» Cinema »Feature

डराउने घोषणा !

देश शान्ति बहालीको क्रममा रहेको बेला सिनेमा निर्माणको क्रम ह्वात्त बढेको छ । कोही एक साथ सात सिनेमाको घोषणा गरिरहेका छन् भने कोही चलेको सिनेमाबाट आएको रकमले पुरस्कार बाँडिरहेका छन् । यस्तो अवस्थामा बाला गुरुङले भने आफ्नो सिनेमा भव्य कार्यक्रमका बीच घोषणा गरेका छन् । उनले 'डर'लाई राजधानीको पाँच तारे होटल अन्नपूर्णमा भव्य कार्यक्रमका बीचमा मुहूर्त गरेका हुन् ।

प्रदीप श्रेष्ठको निर्देशन रहने यो चलचित्रको लेखन सुरज सुब्बा नाल्बोको रहनेछ । छायाँकन राजु थापा, संगीत र शब्द सुरेश अधिकारी, नृत्य निर्देशन वसन्त श्रेष्ठ, फाइट निर्देशन एनबी महर्जनको रहनेछ । 

राजेश हमाल, निरुता सिंह, रमित ढुंगाना, विराज भट्ट, सुनील थापा, रञ्जु लामिछाने, हेमन्त बुढाथोकी आदिको अभिनय यस चलचित्रमा हेर्न पाइनेछ ।

यस चलचित्रमा राजेश पायल राई, दीपक लिम्बु, दिपेशकिशोर भट्टराई, मौसमी गुरुङ र अञ्जु पन्तको स्वर रहने कार्यक्रममा जानकारी दिइएको थियो ।

निर्माता बाला गुरुङले यसअघि 'दुःख' जस्तो हिट चलचित्र बनाइसकेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
घोषणा क्या बात ! फिल्म फेस्टिबल नवीनता ग्ल्यामर कन्ट्रोभर्सी निर्देशक पार्टी अभिनेता पेज 3 रोचक रोमान्स अभिनेत्री सोच सञ्चारकर्मी कार्यक्रम सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,