Home» Around the World »Weird and Interesting

चोरको डर मान्ने प्रहरी फन्दामा



चीनका एक ट्याक्सी चालक चोरी र डकैतीको डर मानेकै कारण प्रहरी फन्दामा परेका छन् । तर रोचक कुरा त त्यहाँ छ, जब यी चालकबाट प्रहरीले प्रहरीको नक्कली युनिर्फम (पोशाक) भएको पत्ता लगाए ।

प्रहरीले आफ्नैजस्तो लुगा ती चालकसँग पाएपछि ताइयान शहरमा उनलाई पक्राउ गरेका हुन् । उनले एक कुनोमा प्रहरीको पोशाक झुण्ड्याएका थिए ।

"सार्वजनिक सवारीमा यसरी प्रहरीको पोशाक झुण्ड्याएको पाएपछि हामीलाई शंका लाग्यो र सोधपुछ गर्दा पत्तो लाग्यो त्यो नक्कली नै रहेछ", साङ्सी इभिनिङ पोष्टले एक प्रहरीलाई उद्धृत गर्दै समाचारमा लेखेको छ ।

२५ वर्षीय ती चालकले त्यो पोशाक नक्कली भएको स्वीकार गरेका छन् र चोरीबाट बच्न आफूले त्यहाँ झुण्ड्याएको बताएका छन् । त्यसो त यो आइडिया उनलाई त्यतिबेला आयो, जब यसअघि उनको कारलाई केही लुटेराहरुले तोडफोड गरेका थिए ।

प्रहरीले उनबाट पोशाक जफत गरेको छ र अब आइन्दा यस्तो नगर्न पनि उनलाई नसीहत दिएको छ । तर यसपछि उनको सुरक्षास्थिति के हुने भन्ने विषयमा भने प्रहरीहरु मौन छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! माया सुन्दरी बलिउड गुगल मुद्दा मामिला मूर्ख्याइँ सेलेब्रिटी इन्टरनेट भव्यता विज्ञापन श्रीमानश्रीमती प्रविधि कीर्तिमान परिस्थिति उपाय नग्नता हलिउड फट्याइँ सेक्स
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,