Home» Cinema »Feature

बोर्ड-साइटको बेहाल !

नेपालमा कुनै पनि नयाँ चिजको नक्कल गरिहाल्नु पर्ने अनि गरेका नक्कलहरु दुरुस्त राख्ने जाँगर नहुने ठूलो रोगका रुपमा रहेको छ । तपाइँले चलचित्र विकास बोर्डको वेबसाइट फिल्म.गभ.एनपी हेर्नुभयो भने चाल पाइहाल्नु हुन्छ ।

आजभन्दा चार वर्षघि नै वेबसाइटमार्फ अन्तर्रराष्ट्रीय क्षेत्रमा नेपाल र नेपालको संस्कृति, सिनेमाका बारेमा जानकारी दिने उद्देश्यले खोलिएको यो वेबसाइटमा सबैभन्दा नयाँ सूचना राजाकालीन कृष्ण मल्लको अध्यक्षताका बारेमा जानकारी गराइएको छ ।

कृष्ण मल्लको पतनपछि अहिले नयाँ अध्यक्ष शैलेश आचार्य आइपुगेका छन् । उनका बारेमा यस साइटले केही बोल्दैन । न त उनीसँगै आएका नयाँ सदस्यहरु राजेन्द्र केसी, देशभक्त खनाल र नयनराज पाण्डेका बारेमा नै साइटले केही सूचना दिएको छ । मात्र उनीहरु नयाँ बोर्ड अध्यक्ष र सदस्य हुन् भन्ने जानकारी छ । उनीहरु के योगदानका कारण यस बोर्डका अध्यक्ष भएका हुन् भन्ने चाहिँ बुझ्न व्यक्तिगत रुपमा नै भेट्नुपर्ने हुन्छ ।

वेब साइटको पब्लिकेशन तथा रिपोर्ट सेक्सनमा २०५८ सालमा गरिएको छलफल कार्यक्रमको छोटो लेख राखिएको छ र त्यो लेख डाउनलोड गर्न सकिँदैन । यसरी साइटलाई गाइजात्रे बनाएर छोडेको छ बोर्डले । यदि आवश्यकतै थिएन भने किन बनाउनु नि !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
कन्ट्रोभर्सी रोचक क्या बात ! रोमान्स पार्टी निर्देशक सेक्स घोषणा नवीनता फिल्म फेस्टिबल ग्ल्यामर कार्यक्रम सोच सञ्चारकर्मी अभिनेता अभिनेत्री पेज 3 प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group