Home» Around the World »Weird and Interesting

भिक्षुको एल्बम सुपरहिट

अष्ट्रियाका भिक्षुले गाएको ग्रेगोरियन मन्त्र भएको एल्बम बजारमा के आएको थियो, हाम्री गायिका आनी छोइङ डोल्माको एल्बमझैँ त्यो एल्बम पनि हिटमा दरिएको छ ।

यो एल्बम त्यही कम्पनीले बजारमा ल्याएको थियो, जुन कम्पनीले एमी वाइनहाउस र एमिनेमजस्ता विश्वप्रख्यात गायकगायिकाको एल्बम बजारीकरण गरेको थियो- युनिभर्सल म्युजिक ।

उनको म्युजिक भिडियोलाई युट्युबमा हालिएपछि संसारभरबाट निकै ठूलो प्रतिक्रिया आएको थियो । "चान्टः म्युजिक फर प्याराडाइज" नामक यो एल्बमलाई त जर्मनी र अष्ट्रियामा अन्य प्रख्यात एल्बमभन्दा बढी रुचाइएको छ ।

जर्मनी, अष्ट्रिया र श्रीलंकाका १७ जनाभन्दा बढी भिक्षुहरुले यसमा स्वर दिएका छन् । स्वर भर्न नपाएका फादर कार्लले भने- "उनीहरुले देवदूतले झैँ गाएका छन्, त्यति मीठो स्वर भरेका छन् यस एल्बममा ।"

युनिभर्सल म्युजिकका डिकोन स्टेनरले यसमा भयङ्कर सम्भावना देखेका थिए त्यसैले पनि एउटा कम्प्युटर गेम "हालो"मा मुख्य सङ्गीतका रुपमा यसलाई उपयोग गरेका थिए । जुन गेम १ करोड ६० लाख प्रति बिक्री भएको थियो ।

लेखिएका सङ्गीतमध्ये यस किसिमको पारम्परिक सङ्गीत निकै पुरानो मानिन्छ । यो मध्ययुगतिरै सिर्जना भएको मानिन्छ । पोप ग्रेगोरी द ग्रेटले यसलाई सिर्जना गरेको मानिन्छ, विक्रमाब्द ६०४ पूर्व नै उनको मृत्यु भएको थियो ।

यस सीडीको बिक्रीबाट आएको रकमले पूजारीहरुको तालिममा खर्च गरिने बताइएको छ । "हाम्रो एल्बम सफल भएको छ तर यसलाई व्यापारीकरण गर्नका लागि कर्न्र्सट गर्ने कुनै इच्छा छैन", फादर कार्लले बताए ।

पश्चिमी मुलुकहरुमा यस एल्बमको सफलतालाई आश्चर्यको रुपमा हेरिनु स्वाभाविक हो किनभने त्यहाँ म्याडोनाका छाडा गतिविधि र एमिनेमका विवादास्पद गीतहरु हुन्छन् तर नेपाल र नेपालीको सर्न्दर्भमा चाहिँ यो उति नौलो कुरा होइन । आजभन्दा चार वर्षघि नै आनी छोइङलाई नेपालीहरुले हिट गायिका मात्र बनाएनन् कि उनको कर्न्र्सटलाई पनि सुपरहिट बनाइसकेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! प्रविधि माया सुन्दरी बलिउड गुगल मुद्दा मामिला मूर्ख्याइँ सेलेब्रिटी इन्टरनेट भव्यता विज्ञापन श्रीमानश्रीमती कीर्तिमान परिस्थिति नग्नता उपाय हलिउड फट्याइँ सेक्स
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,