Home» Around the World »Weird and Interesting

पिंधबिनाको भुँडी

जर्मनीका एक खञ्चुवाले यति खान थाले कि उनलाई पिंधबिनाको भुँडीवाल व्यक्ति भनेर चिनिन थालिएको छ ।

हेन्ज एस्थोफले यति खान्छन् कि उनलाई दैनिक १२ हजार क्यालोरीभन्दा बढी शक्ति चाहिने गर्छ । रोचक के छ भने यति धेरै खाँदा पनि उनको वजन कत्ति पनि बढ्न पाएको छैन ।

२२ वर्षअघि उनकी श्रीमतीको क्यान्सरबाट मृत्यु भएपछि उनलाई नयाँ रोग लाग्यो, भोक लाग्ने रोग ।

लगभग अढाइ पाउण्ड मासु, ५ पाउण्ड आलु, एक दर्जन अण्डा, पिज्जा, स्याण्डविच, चिप्स र कहिलेकाहीँ त २० पिस मासुका पेटिज पनि खाइदिन्छन् ।

यता उनको खञ्चुवा प्रवृत्तिबाट आजित भएका घरका अन्य सदस्यहरुले उनलाई अस्पतालमा भर्ना गराएका छन् । चिकित्सकहरुले पनि उनको यो रोगको कुनै उपचार पत्ता लाउन सकेका छैनन् । बरु उनले तत्काल धूमपान त्याग्नुपर्ने सल्लाह दिएका छन् । धूमपानले उनको भोक अझ बढी बढाउने चिकित्सकहरुले बताएका छन् ।

अफेनबाक शहरका ६८ वर्षीय हेन्जको पेन्सनको अधिकांश पैसा खानाका लागि खर्च हुने गरेकोमा पिरलो भइरहेको छ । "एक दिन त एउटा स्थानीय पबमा जाँदा एक सयभन्दा बढी आलुको केक खान पुगेँ । भरे पैसा त मसँग निकै कम थियो । यस्तो भयो भने त म कंगाल हुनेछु", उनले बताए ।

लगभग ६ फिट अग्ला उनलाई डाक्टरहरुले उनको पेटले यति धेरै खानाको माग किन गर्छ भन्ने नै थाहा हुन नसकेको बताएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! माया सुन्दरी बलिउड गुगल मुद्दा मामिला मूर्ख्याइँ सेलेब्रिटी इन्टरनेट भव्यता विज्ञापन श्रीमानश्रीमती प्रविधि कीर्तिमान परिस्थिति उपाय नग्नता हलिउड फट्याइँ सेक्स
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल