Home» Around the World »Weird and Interesting

यस्तो पनि हतियारको शोख !

जर्मनीका एक व्यक्तिलाई हतियारको यति साह्रो शोख छ कि त्यसका लागि उनी जस्तो सुकै खतरा मोल्न पनि उनी चुकाउँदैनन् । उनले आफ्नो घरमा हतियारको भण्डारण गर्न थालेका छन् र ठाउँको अभावका कारण उनी अहिले होटलमा सुत्दै आएको उनका छिमेकीहरुले बताएका छन् । तर उनको गए राति ७१ वर्षको उमेरमा देहान्त भएको छ ।

दुइ तले ती वृद्ध व्यक्तिको घरबाट प्रहरीलाई नै चकित पार्ने हतियारहरु फेला पारेका छन् । उनको घर जर्मनीको पश्चिमी शहर आचेनमा रहेको बताइएको छ ।

"त्यहाँ ७१ वटा बन्दूक देखियो र ती सबै उनको जन्मदिनको झल्को दिने गरी राखिएको", प्रहरी प्रवक्ता पाउल केमेनले एएफपीलाई बताए- "ती बूढासँग ४१ केस नपड्किएका गोली र अन्य बन्दोबस्तीका सामान फेला पारिएका थिए ।"

यिनले बगैँचाका लागि आवश्यक पर्ने हतियारदेखि लिएर अन्य किसिमका हतियार पनि जम्मा पारेका थिए । यति धेरै किसिमका हतियारले भरिपूर्ण भएकाले सुत्ने ठाउँको समेत अभावका कारण उनी केही दिन यता होटलमा सुत्दै आइरहेका थिए ।

उनको मृत्युपछि उनको सन्तति छन् कि छैनन् भनी प्रहरीले खोज्न शुरु गरेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! माया सुन्दरी बलिउड गुगल मुद्दा मामिला मूर्ख्याइँ सेलेब्रिटी इन्टरनेट भव्यता विज्ञापन श्रीमानश्रीमती प्रविधि कीर्तिमान परिस्थिति उपाय नग्नता हलिउड फट्याइँ सेक्स
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,