Home» Around the World »Weird and Interesting

पानीभित्र खेलकूद

स्वीजरल्याण्डमा पानीभित्र खेलिने रग्बी खेलको प्रतियोगिता शुरु गर्ने भएको छ र यसका लागि अहिले नै दर्जनभन्दा बढी समूहले आफूलाई समाहित गर्ने सहमति जनाइसकेका छन् ।

द स्वीस अण्डर वाटर स्पोर्ट्स् युनियनले अहिले नै सयौँ व्यक्तिहरुले आफूहरु यो खेल सिक्न र प्रतियोगितामा भाग लिन रुचि देखाइरहेको बताएको छ ।

नयाँ व्यक्तिहरुलाई अहिले परिचयात्मक खेल खेलाइदैछ र यस अवधिमा उनीहरुले रग्बी कसरी खेल्ने, कति समय खेल्ने र यो खेल पानीभित्र खेल्दा कस्ता नियमको पालना गर्ने आदि कुराहरु सिकिरहेका छन् ।

पानीभित्र खेलिने यो खेलमा दुवैतिर ६/६ जना सदस्यहरु हुनेछन् । यसमा महिला तथा पुरुष दुवैले भाग लिन सक्नेछन् भने दुवै किसिमका खेलाडीहरुले पौडिनका लागि फ्लिपरहरु, पानीभित्र हेर्न मिल्ने चस्मा (गगल) र एउटा स्नरकेल पहिरिन ज्यादै जरुरी हुन्छ ।

यस खेलका लागि चाहिने बलभित्र नूनयुक्त पानी हुनेछ, जसको वजन १३ पाउण्ड हुनेछ । एकअर्काले स्वीमिङ पुलभित्रको बास्केटभित्र यो बललाई छिराउनुपर्ने हुन्छ । खेलाडीहरुले श्वास फेर्नका लागि सतहमा आउन सक्नेछन् ।

स्वीस अण्डर वाटर स्पोर्ट्स् युनियनका जन मैसनबाकेरले भने- "यो खेल त्रि-आयामिक खेल हो ।"

यो खेल शुरुमा जर्मनीमा विकास गरिएको थियो भने जर्मनीमा यो खेललाई विस्तार गर्न विभिन्न किसिमका अभ्यासहरु सिकाइएका थिए । यो क्षेत्रमा पानीमुनिको यो खेल ज्यादै लोकप्रिय भएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! माया सुन्दरी बलिउड गुगल मुद्दा मामिला मूर्ख्याइँ सेलेब्रिटी इन्टरनेट भव्यता विज्ञापन श्रीमानश्रीमती प्रविधि कीर्तिमान परिस्थिति उपाय नग्नता हलिउड फट्याइँ सेक्स
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,