Home» Cinema »Feature

पाँच लाखे विवाद

चलचित्र विकास बोर्डमा पाँच लाख रुपियाँको विवाद शुरु भएको छ । बोर्डले ३५ मिलिमिटरको सिनेमा बनाउनेमध्ये १० वटालाई अनुदान स्वरुप पाँच लाख रुपियाँ दिने भएपछि यो विवाद शुरु भएको हो ।

चलचित्र विकास बोर्डको सभा भवनमा हिजो आयोजित एक छलफल कार्यक्रममा चलचित्र विकास बोर्डले गर्नुपर्ने अन्य काम नै छाडेर पैसा बाँड्न थालेको आरोप लगाइएको थियो ।

कार्यक्रममा सिनेमा निर्माताले पाँच लाख अनुदान पाउँदा नेपाली चलचित्रको प्राविधिक स्तर बढ्ने जिकीर गरिएको थियो भने त्यसका विरोधीहरुले सिनेमाको स्तर बढाउन ३५ मिलिमिटरको प्रावधान मात्र पूर्ण नहुने तर्क गरेका थिए । छलफल आयोजक 'फर सिनेमा'ले प्रतिभाशाली निर्माताहरुले १६ मिलिमिटर र डिजिटलमा चलचित्र निर्माण गरे पनि सो अनुदान पाउनुपर्ने माग गरेका थिए ।


चलचित्र विकास बोर्डले एक महिनाअघि ३५ मिमिका चलचित्रलाई सो अनुदान दिने घोषणा गरेयता अहिलेसम्म एउटा चलचित्रले उक्त अनुदान पाउँ भनी आवेदन दिएको छ । निर्माताहरुको उक्त अनुदानमा रुचि नबढेकोमा बोर्डका सदस्यहरुले आश्चर्य व्यक्त गरेका थिए ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष शैलेश आचार्य, चलचित्र निर्माता संघका अध्यक्ष अशोक शर्मा, चलचित्रकर्मी नीर शाह, तुलसी घिमिरे, भाष्कर ढुंगाना आदिले आ-आफ्नो धारणा राखेका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
कन्ट्रोभर्सी क्या बात ! फिल्म फेस्टिबल नवीनता ग्ल्यामर निर्देशक पार्टी अभिनेता पेज 3 रोमान्स रोचक अभिनेत्री सोच सञ्चारकर्मी कार्यक्रम घोषणा सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,