स्टारहरुको जमघट

कुनै नृत्य तथा गायन प्रशिक्षणशाला उद्घाटनका लागि एकादुइ कलाकार आउलान्, उद्घाटन गर्लान् । तर जब स्टार नृत्य निर्देशकको कुरा आउँछ त्यसपछिको कुरै बेग्लै !
मंगलबार बिहान राजश्री डान्स एण्ड मल्टिपल ट्रेनिङ सेन्टरको उद्घाटन गर्न नेपाली मनोरञ्जन उद्योगका विख्यात कलाकारहरु भेला भएका थिए ।
राजेश हमाल, तृप्ती नाडकर, श्रीकृष्ण श्रेष्ठ, ऋचा घिमिरे, दिया मास्के, विराज भट्ट, अरुणिमा लम्साल, सुरेश अधिकारी, सिमोना सिंह, झरना थापा र जितु नेपाल भएर एक साथ उक्त ट्रेनिङ सेन्टरको उद्घाटन गरेका थिए ।
उक्त सेन्टरले नृत्य, अभिनय, गायन, गीतार, भ्वाइलिन, कीबोर्डका साथै अंग्रेजी भाषाको प्रशिक्षण दिने सञ्चालक राजु शाहले बताएका छन् ।
यी राजु शाह तिनै धुरन्धर व्यक्ति हुन्, जसले शतक नेपाली चलचित्रमा नृत्य निर्देशन गरिसकेका छन् भने उनले नै स्थापना गरेको राजश्री डान्स ट्रेनिङ सेन्टर कमलादीमा अझै चलिरहेकै छ । किन त नयाँ ? सञ्चालक राजु शाह भन्छन्- "मैले प्रशिक्षणलाई समयअनुसार अलि वृहत् रुप दिन खाजेको मात्र हो ।"
नेपाली चलचित्र उद्योगलाई दिलिप रायमाझी, सुशील क्षेत्रीजस्ता प्रख्यात नायक दिने यो इन्स्टिच्यूटबाट धेरैले आशा राखेको कुरा त स्टारहरुको जमघटले नै बताइहाल्छ, हामीले के बताइरहनु पर्छ र !






























|