Home» Cinema

झन्नै घुँडो फुस्क्यो

कागबेनीबाट चर्चामा आएकी अभिनेत्री दिया मास्केले आफ्नो गोडा झन्नै भाँचिन् । यो घटना मंगलबार दिउँसो भद्रकालीमा घट्न पुगेको थियो ।

त्यसो त यो गोडा भाँच्ने अभियानमा लागेर त्यसो भएको होइन । न त उनी कुनै चलचित्रको सुटिङमा एक्सन दृश्य गर्दा घुँडो खुस्किन लागेको हो ।

यो त उनी पेट्रोलको लाइनमा बस्दा घटेको थियो । पेट्रोलको लाइनमा बसेकी उनी र उनकी साथीलाई पछाडिबाट मोटरसाइकलले धक्का मात्र दिएन उनको गोडालाई लछार्दै अगाडि बढ्यो । धन्न उनी चढेको मोटरसाइकल स्पीडमा थिएन ! नत्र त उनलाई लडाउन बेर थिएन ।

यस घटनामा उनकी नजिककी मित्र साक्षी थिइन् । -पंक्तिकारलाई थाहा भएन, उनकी मिल्ने साथी थिइन् कि बहिनी !)

घटनापछि उनले गोलीगाँठोलाई सुम्सुम्याएकी थिइन् र पीडा भुलाउन भद्रकाली मन्दिरछेउको कोल्डस्टोरमा कोक खान पुगेकी थिइन् । अहिले उनको गोलीगाँठो निको भइसकेको पारिवारिक श्रोतले जनाएको छ ।

 
Click Here To Read Previously Posted Article             
 
More on Cinema
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: