Home» City Life »Updates

हतियारसहित पक्राउ

यी समाचारहरु कृपया गम्भीरताका साथ पढ्नुस्-

संखुवासभा, चैत ४ गते

सुनसरी जिल्ला भरौली-३ बस्ने १९ बर्षीय सुनिल लिम्बु र १९ बर्षीय सोमबहादुर श्रेष्ठ हतियारसहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय गुफापोखरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई चैत ३ गते साँझ यु.एस.ए. लेखिएको पेस्तोल १ थानसहित पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हतियारसहित पक्राउ

चितवन, चैत्र १ गते

चितवन जिल्ला रत्ननगर नगरपालिका-४ बस्ने प्रदीप शाही ठकुरीसमेत ४ जनालाई प्रहरी नलकटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको छ ।

फागुन ३० गते राति राढे ११ बजे सोही नगरपालिका-२ स्थित सुव्वाचोकमा प्रहरीले उनीहरुलाई फेला पारी जाँच गर्दा १ थान नलकटुवा पेस्तोल, १ राउण्ड सो को गोली र २ थान खोका बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हतियारसहित पक्राउ

सप्तरी, फागुन २१ गते

सप्तरी जिल्ला खोजपुर गाविस-८ घर भएका चरित्र मण्डल र सिराहा जिल्ला सिलौखा गाविस-९ बस्ने सुरज पासवान हतियारसहित पक्राउ परेका छन् ।

सप्तरी जिल्ला कुसाहा गाविस-५ मा पसल गरी बस्ने चरित्र मण्डलले हतियार राखेको छ भन्ने सूचनाको आधारमा फागुन २० गते साँझ खटिएको सो प्रहरी टोलीले उनीहरुलाई फेलापारी तलासी लिंदा चरित्र मण्डलको साथबाट १ थान रिभल्वर तथा सोको खोका २ थान र सुरज पासवानको साथबाट सो रिभल्भरमा फिट हुने ३ राउण्ड गोली बरामद गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हातहतियार सहित पक्राउ

काठमाडौं, फागुन २९ गते

काभ्रे जिल्ला देउपुर-८ बस्ने ४० वर्षीय रामबहादुर तामाङ्ग सहित २ जनालाई प्रहरीले भरुवा बन्दुक १ नाल र सिसाको छर्रा १० राउण्डसहित पक्राउ गरेको छ ।

ती अभियुक्तहरुलाई फागुन २८ गते साँझ साढे ७ बजे काठमाडौं जिल्ला नाङ्लेभारे गाविस-७ स्थित ब्यासीको जंगलमा कालिज मार्न भनी गएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

यसैगरी पाँचथर जिल्ला सरांगडाँडा-३ बस्ने १८ वर्षीय नबिन राई र सोही ठाउँ बस्ने २८ वर्षीय भीमबहादुर राईलाई २ नाल भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई फागुन २८ गते दिउसो पाँचथर जिल्लाको फाकदेन गाविसको घुरमिसे पंचमी भन्ने ठाउँमा प्रहरी टोलीले हतियारसहित फेला पारेको थियो ।

यी घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फागुन चौथो सातादेखि चैतको पहिलो सातासम्म नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले सर्वसाधारणको जानकारीका लागि पठाएको समाचारको हतियारसहित फेला परेका व्यक्तिहरुको बारेमा यी समाचार पढेपछि तपाइँलाई के लाग्यो ?

मलाई चाहिँ के लाग्यो भने बन्दूक भन्ने चिज हामीले कि त सिनेमामा देख्ने गर्दथ्यौँ कि त प्रहरी अधिकृतको पाइन्ट छेउमा दापमा राखिएको पेस्तोललाई अलि परैबाट देख्दथ्यौँ । गाउँका जमिनदारहरुको घरमा लामा बन्दूक हुने गर्दथे, त्यो पनि कहिलेकाहीँ शिकारका लागि उपयोग गर्न ।

तर माओवादीको सशस्त्र आन्दोलनले पारेको सबैभन्दा ठूलो प्रभाव चाहिँ व्यक्तिहरुको बन्दूक मोह नै हो । माओवादीसँगको शान्ति सम्झौतापछि धेरैले सोचेका थिए, अब नेपालमा शान्ति कायम हुने भयो । तर पछिल्ला समयमा माथिका समाचारको लर्को पढ्दै गर्दा हिंसा समाप्त हुने होइन, स्थानान्तरण हुने देखिएको छ । पहिला ठूला ठूला घरमा सजावटका लागि देखिने बन्दूकहरु अब हत्या, डकैती, लुटपाट र धम्क्याउनका लागि उपयोग हुन थालेको छ । ती बन्दूकहरुको आकार विस्तारै घट्दै साना हुँदै गइरहेका छन् र यी साना हतियारको आडमा लुटपाट गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

अमेरिका र चीनमा बनेका पेस्तोलहरुको निर्वाध नेपाल प्रवेशले प्रहरी र प्रशासनलाई पक्कै पनि ठूलो टाउको दुखाइरहेको हुनुपर्छ । र, यस्ता हतियारले समयकालमा साना निहुँमै अकालमा ज्यान जाने प्रबल सम्भावना निम्त्याउने कुरालाई अस्वीकार गर्न सकिँदैन ।

संसारमा सबैभन्दा बढी असुरक्षित स्थान दक्षिण अप्रिmका मानिन्छ र त्यहाँ यस्तै बन्दूकको आडमा हुने लुटपाटले त त्यो देशलाई संसारकै असुरक्षित राष्ट्रका रुपमा अग्रपंक्तिमा उभ्याइदिएको छ । कतै हामी दक्षिण अप्रिmकाको बाटोमा त छैनौं ? के उसो भए हामीले हतियारबाट कहिल्यै उन्मुक्ति नपाउने नै भयौँ त ?

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
crisis पेट्रोल मोबाईल हल्ला समलिङगी सेलेब्रिटी awards माओवादी संविधानसभा अनुभव celebrity streets festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,