Home» Cinema »Feature

विपनाको पुरानो खबर

- अच्युत कोइराला

रुद्राक्ष-माला किन लगाएको ?
बरमाला लगाइदिने मान्छे नभेटेर !
यस्ती हाजिरीजवाफ विपना थापाको उत्तर त्यस्तो हुने छैन किनभने उनले अहिले बरमाला लगाइदिने व्यक्ति पाइसकेकी छिन् र यही बैशाखैमा उनको बिहे हुन गइरहेको छ । उनलाई बाहिरबाट हेर्नेहरुले उनको सवालजवाफका कारण हाउडे मान्न सक्छन् तर उनी भित्र मनकी पक्का छिन् ।

त्यसैले पनि रिपोर्टस क्लबमा कुनै कलाकारले पनि ज्ञानेन्द्र राजाकालीन स्थानीय चुनावताका चुनावको विरुद्धमा बोल्न नसकिरहेका बेला सबैका मुखेञ्जी उभिएर उनले यसो भनिन्- "राजनीतिक दलबिनाको स्थानीय चुनावको महत्व छैन, राजाले हठ गर्नुहुन्न ।"

उनले सार्वजनिक मञ्चमा यस्तो के भनेकी थिइन्, मानौँ अरिंगालको गोलो चलाइन् । अप्रत्यक्ष रुपमा उनलाई दर्जनौँ धम्कीपूर्ण फोनहरु आए । रातबिरात हिँड्न अप्ठेरो हुन थाल्यो । "मलाई मिडियाले साथ नदिएको भए, मलाई त त्यसबेला बौलाही बनाउने थिए", ती दिन सम्झँदै विपना भन्छिन्, "मेरो विगत नजान्ने धेरैले त्यस अभिव्यक्तिलाई अर्कै रंग दिन खोजे । तर राजनीति त मेरो नशामा छ किनभने मेरो बाबा नेपाली काँग्रेसका कट्टर समर्थक हुनुहुन्थ्यो, स्थानीय रुपमा राम्रो नेता गनिनुहुन्थ्यो ।"

लोकतन्त्र प्राप्तिका लागि भएको आन्दोलनका क्रममा उनका छिमेकी प्रद्युम्न खड्काको पनि ज्यान गयो । स्थानीय पहलमा उनको घर छेउमै प्रद्युम्नको अर्धकदको शालिक बनाइएको छ । शालिक बनाउने समितिमा उनी आफू पनि थिइन् । "शहीदका शालिकमध्ये शायद उहाँकै पहिलो हुनुपर्छ", उनी खुशी हुँदै भन्छिन्, "हामीले हाम्रा शहीदहरुलाई बिर्सनु हुन्न ।"

अहिले आफ्ना आँखाअगाडि प्रद्युम्न खड्काका छोराछोरीहरु विभिन्न स्कूलमा पढ्न जान थालेकोमा उनलाई सन्तोष लागेको छ- "आफ्नो आँखाअगाडि भएका शहीद परिवारको विचल्ली देख्नु परेको छैन ।"

सन्तोष त उनलाई त्यतिबेला पनि लागेको थियो, जब राजधानीको मुटुमा अवस्थित खुलामञ्चको बेथिति सुधार्न सङ्गीतकर्मी नन्दकृष्ण जोशीसहित उनलाई पनि खुलामञ्च व्यवस्थापन समितिको सदस्य बनाइएको थियो । "यस्ता सामाजिक क्रियाकलापमा भाग लिन कसलाई पो मन लाग्दैन", खुशीले गद्गद् भएकी विपना भन्छिन्, "तर अहिले खुलामञ्चलाई सुधार गर्ने कामको प्रशासनिक झमेला सुल्झ्याउने काम मात्र भइरहेको छ । बाँकी कामले गति लिन पाएको छैन ।"

चलचित्र नपाएर यस्ता सामाजिक क्रियाकलापमा रमाउन थालेकी हुन् विपना - १०६ वटा चलचित्र खेलिसकेर भर्खरै आफ्नो सहपाठी दिलिप रायमाझीले निर्माण गर्न लागेको चलचित्र 'हामी साथीभाइ' का रिलिज भइसकेको अहिलेको अवस्थामा विपना भन्छिन्- "सामाजिक क्रियाकलापमा लाग्न करियरै समाप्त हुनु पर्दैन, फूर्सद निकाले पुग्छ ।" त्यसो भए करियर समाप्त भइसकेपछि उनी राजनीतिमा हामफाल्छिन् त - "त्यो पनि होइन । तपाइँ ढुक्क हुनुहोस्, राजनीति मेरो संस्कारमा त छ तर पूर्णकालीन रुपमा म रमाउन सक्तिनँ । तर जनतालाई अन्याय हुने कुनै पनि काम भयो भने त्यसका लागि पंक्तिबद्ध हुनेहरुमा मलाई पनि देख्न सक्नुहुनेछ," विपनाको दृढ उत्तर थियो ।

१ सय ६ चलचित्र खेलिसके पनि उनलाई अहिले याद आउने राम्रो भूमिका भएका चलचित्र मात्र पाँच वटा छन् । 'तँ त साह्रै बिग्रिस् नि बद्री' की पियक्कड ब्रि्रेकी केटी, 'माइली'की सहनशील बुहारी, मुस्कानकी दृढ युवती, पापीकी बदलाको भावनाले युक्त व्रि्रोही महिला, इन्द्रेणीकी जेठी दिदी जो अधिकार माग्नुभन्दा खोस्न तयार हुन्छे जस्ता भूमिकाबाहेक उनलाई अरु पात्र याद छैनन् । तर यीबाहेक अरु पात्रबाट असन्तुष्ट भने छैनन्, भन्छिन्- "हामीले आदर्श मान्ने हलिउड र बलिउडका चलचित्र त सबै राम्रा हुँदैनन् भने हामीले त झन् कति सम्झौता गरेर बनाएका हुन्छौँ, कसरी राम्रो बन्न सकोस् । सुधारका कुरा जहाँसम्म छन्, ती समयक्रममा विस्तारै हुँदै आउँछन् ।"

केहीबेरपछि उनी पुनः उत्तेजित हुँदै भन्छिन्- "देशको अर्थतन्त्र ओरालो लागेको छ, राजनीति स्थिर छैन, देशमा आदर्श व्यक्ति छैनन् । सबै कुराको अभाव भइरहेको बेला कसरी चलचित्र मात्र अभावरहीत हुनसक्छ ?"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अभिनेत्री सेलेब्रिटी अभिनेता रिलिज समारोह सेक्स प्रविधि सुटिङ हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,