Home» Around the World »Weird and Interesting

झोलाभरि बम बोकेर प्रहरी कार्यालय

६७ वर्षीया एक हजुर आमा झोलाभरि बम बोकेर प्रहरी चौकी पुग्दा त्यहाँ भागदौड मात्र मच्चिएन तर आतंकित चाहिँ सबै जना थिए ।

झोलाभरि बम देखाउँदै इरिन फेदोरोभा ओरेर्न्बर्ग क्षेत्रको युराल्सस्थित प्रहरी कार्यालयमा आइपुगेकी थिइन् ।

तर उनको डकैती गर्ने उद्देश्य चाहिँ थिएन । उनले ती बमहरु डिफ्यूज गर्ने टोली त्यहाँ आइपुगेको चाल पाएपछि डिफ्यूजका लागि आइपुगेकी थिइन् ।

एनानोभा समाचार संस्थाका अनुसार उनी ती बमबाट मुक्ति चाहन्थिन् । उनका मृत श्रीमानले वर्षौँ ती बमहरुलाई आफ्नो सुत्ने ओछ्यानको मुन्तिर राखेका थिए । तर त्यसलाई कसरी सुरक्षित बिर्सजन गर्ने भन्ने थाहा नभएर उनले सही समय कुरिरहेकी थिइन् ।

अधिकारीहरुलाई त यी सब कुरा थाहा थिएन । तर जब हजुरआमाले हातभरि ग्रिनेड र बम बोकेर आइन्, झन्नै झन्नै भागदौड मच्चियो । इरिनले ल्याएको एक झोला बमहरुमध्ये दुइ वटाको पिन चाहिँ पहिले नै खसिसकेको र ती दुइ जुन बेला पनि पड्किन सक्ने सम्भावना भएको बताइएको छ । तर धन्न त्यो भिडमा चाहिँ पड्किन पाएन । तत्कालै बम डिस्पोजल कम्पनीले तुरुन्त डिस्पोज गरिदियो ।

हजुर आमा इरिनले भनिन्- "मैले खबरमा पढेँ कि यहाँ पुराना बम डिस्पोज गर्ने समूह आइपुगेको छ । तब मैले मेरा श्रीमानले सिरान लगाएर सुत्ने गरेका बमहरु सम्झिएँ र तिनलाई ठेगान लगाउन म यहाँ आइपुगेकी हुँ ।"

प्रहरीहरुले उनको झोलाभरिको बमलाई निष्क्रिय पार्नुका साथै उनको घरको खानतलासी पनि लिएका थिए । उनको घरमा रहेका एफ-वन र आरजीडी-५ बमहरु निष्क्रि तुल्याइएका थिए ।

 

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! श्रीमानश्रीमती माया सुन्दरी सेलेब्रिटी मुद्दा मामिला मूर्ख्याइँ गुगल इन्टरनेट बलिउड भव्यता विज्ञापन नग्नता प्रविधि कीर्तिमान परिस्थिति फट्याइँ उदेकलाग्दो उपाय हलिउड
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,