Home» Cinema »Feature

प्रदर्शन प्रणालीमा हल्ली खल्ली

नेपाली चलचित्रको प्रमुख बजार मानिएको काठमाडौँ उपयकामा नेपाली चलचित्र पर््रदर्शन गर्दा लागू गरिँदै आएको क्यू सिष्टम हर्टाई प्रतिस्पर्धात्मक ढंगले पर््रदर्शन गर्नुपर्ने खाँचो चलचित्रकर्मीहरुले औँल्याएका छन् ।

चलचित्र पत्रकार संघको आयोजनमा सोमबार काठमाडौँ उपत्यकामा नेपाली चलचित्र पर््रदर्शनमा समस्या तथा समाधान विषयक गोष्ठीमा चलचित्रकर्मीहरुले सो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष उद्धव पौडेलले नेपाली चलचित्रकर्मीले दर्शकको स्वाद अनुरुपका चलचित्र निर्माण गर्न नसकेको गुनासो गर्नुभयो । अध्यक्ष पौडेलले नेपाली चलचित्रकर्मीहरुले नेपाली बजारलाई मात्र नहेरी अन्तर्रर्ााट्रय बजार विस्तारका लागि राजनीतिक तथा कूटनीतिक प्रयास थाल्नु जरुरी भइसकेको बताउनु भयो ।

चलचित्र पत्रकार विनोद अर्याल र सविन शाक्यले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल चलचित्र संघका सदस्य रुबयनाथ कोइरालाले भन्नुभयो- "समग्र नेपाली चलचित्र उद्योगले संकट व्यहोरिरहेको वर्तमान अवस्थामा सम्पर्ूण्ा चलचित्रकर्मीहरु संगठित भई व्यवसायिक सोचका साथ व्यक्तिगत स्वार्थलाई परित्याग गदर्ैर्ैैगाडि बढ्नु पर्छ ।" उहाँले क्यूमा ६ महिना कर्ुदा राम्रो फिल्म पनि पुरानो भई नचल्ने भएको वर्तमान अवस्थामा क्यू सिस्टम व्यवहारिक नभएको बताउनुभयो ।

कार्यक्रमका अर्का टिप्पणीकर्ता चलचित्र निर्माता संघका महासचिव केशव भट्टर्राईले क्यू सिस्टम तोकेर चलचित्र पर््रदर्शन गर्नुभन्दा पनि निर्मातालाई कसरी लगानी सुरक्षित गर्न सकिन्छ त्यो वातावरण र अवसर दिनुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै नायक तथा निर्माता भुवन केसीले हिन्दी चलचित्रलाई भन्दा नेपाली चलचित्रलाई माथि उठाउन सहुलियत दिनुपर्ने बताउनुभयो । सो अवसरमा आफ्नो मन्तव्य राख्दै नेपाल चलचित्र संघ काठमाडौँ शाखाका अध्यक्ष रामवीर मानन्धरले चलचित्रकर्म सिर्जना मात्र नभएर व्यापार पनि भएकाले यसलार्य व्यवहारिक ढंगले सोच्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा गंगा सिनेमा हलका सञ्चालक तथा चलचित्र निर्माता मदनमान वज्राचार्यले निर्माता संघ दर्ुइ खेमामा विभाजित हुँदा कसको कुरा मान्ने भन्नेमा दुविधा भएकाले समग्र नेपाली चलचित्र हितका लागि निर्माता संघ संगठित र सशक्त हुनुपर्ने सुझाव दिनुभएको थियो ।

कार्यक्रममा वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्माले नेपाली चलचित्रकर्मीले चलचित्रको व्यापार वृद्धि गर्नका लागि कलात्मकता र मौलिकतामा ध्यान पुर्‍याउनु पर्ने धारणा राख्नु भयो । सोही अवसरमा निर्देशक युवराज लामाले चलचित्रकर्मीले नेपाली भाषी चलचित्रका अतिरिक्त अन्य मातृभाषाका चलचित्रको बारेमा पनि सोच्ने बेला आएको बताउनु भयो ।

कार्यक्रममा नवल खड्काले नेपाली चलचित्रलाई उपेक्षा गरी विदेशी चलचित्रलाई प्राथमिकता दिने सरकारी नीतिले गर्दा नेपाली चलचित्र उकासिन नसकेको उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रमेश बुढाथोकीले नेपाली चलचित्र पर््रदर्शनमा क्यू सिस्टम हटाउनु मात्र समस्याको निकास होइन भन्दै चलचित्रको गुणस्तरमा सुधार ल्याउनु पनि अहिलेको मुख्य आवश्यकता हो भन्नुभयो ।

राष्ट्रिय चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार र्राईले अहिले नेपाली चलचित्र पर््रदर्शनमा क्यू सिस्टम लगाउनेले हिन्दी चलचित्रलाई त्यसो गर्न नसकेको भन्दै यो सिस्टम नै अव्यवहारिक भएको उल्लेख गर्नुभयो । काठमाडौँ उपत्यकामा नेपाली चलचित्रको पर््रदर्शन समस्या तथा समाधान विषक यस गोष्ठीका सभापति चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको सभापतित्वमा सम्पन्न भएको थियो ।

चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न चलचित्रकर्मी तथा चलचित्र पत्रकारहरुको सो अवसरमा उल्लेखनीय उपस्थिति रहेको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: