Home» City Life »Updates

नयाँ नेपाल



नेपालमा यूरोपेली मापदण्ड र एसियाली मापदण्डमा पुर्याउने कुरा धेरै भए राजनीतिक वृत्तमा । तर गाँठ्ठी कुरा त के रहेछ भने जब देशमा कारखाना र व्यापार फस्टाउँछ, देश उसै पनि एसियाली र यूरोपेली मापदण्डमा पुग्दो रहेछ । पत्याउनु भएन भने राजधानीमा खुलेका ठूल्ठूला सपिङ मल र डिपार्टमेन्टल स्टोर हेरे हुन्छ ।

पछिल्लो समयमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगानी गरेको सिटी सेन्टर पछिल्लो उदाहरण बन्न पुगेको छ । सिटी सेन्टर नाम जुराइएको यो मल चाहिँ पक्का विदेशी शैलीको बन्न पुगेको छ । कमलपोखरी चोकैमा उभिएको यो मलले सिंगापुर, मुर्म्बई र दिल्लीमा रहेका मल र त्यहाँभित्रका झकिझकाउलाई बिर्साइदिने भएको छ ।

यसका प्रवर्द्धकहरुका अनुसार सिटी सेन्टरमा छिर्ने बित्तिकै तपाइँले त्यो शितलताको अनुभव गर्नुहुनेछ, जुन तपाइँले वातानुकूलित घरमा मात्र अनुभव गर्नु हुन्थ्यो । यसका लागि सिटी सेन्टरले नेपालमै पहिलो पटक पूर्ण वातानुकूलित मल बनाएको छ । एक साथ हजार दर्शक अटाउने सिनेमा भवनहरु, भिडियो गेम पार्लर, कफि सपलगायत सवा सय मोटरहरु अट्ने र पाँच सय बढी मोटरसाइकलहरु पार्क गर्न मिल्ने गरी यो मल बनाइएको दाबी गरिएको छ ।

के अब यस्ता मल हेर्न सिंगापुर पुगिराख्नु पर्ला त !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: