Home» City Life »Updates

फराकिलो क्षितिज



क्रिएटिभ स्टेटमेन्ट्स्द्वारा हरेक वर्ष आयोजन हुने गरेको सेलेब्रेटिङ वुमनहुड नवदेवी सम्मान अब अझै फराकिलो हुने भएको छ ।

गएका आधा दर्जन वर्षमा नेपालभित्रका संर्घषशील नारीहरु र तिनले समाजमा पारेको प्रभावलाई अध्ययन गरी गरिने सम्मान कार्यक्रममा यस पटक युनाइटेड नेशन्स् डेभलपमेन्ट फण्ड फर वुमन (युनिफेम) ले यस कार्यक्रमलाई अझ वृहद् बनाउने प्रस्ताव अघि सारेको छ ।

सो प्रस्तावअनुसार अब यो कार्यक्रम नेपालभित्रका नारीहरुका सम्मानका लागि मात्र नभएर सार्क राष्ट्रभित्रका नारीहरुको सम्मान पनि समेटिने भएको छ । यसरी नारीहरुको सम्मानमा सार्क राष्ट्रका नारीहरु समेत समेटिएपछि यो कार्यक्रम राष्ट्रिय मात्र नरहेर दक्षिण एसियाली क्षेत्रीय सम्मान कार्यक्रम बन्ने भएको छ ।

"क्षेत्रीय स्तरका साहसी, पौरखी तथा जटिलभन्दा जटिल अवस्थाबाट माथि उठ्न सक्ने क्षमता भएका धेरैभन्दा धेरै महिलाहरुलाई उदाहरणका रुपमा हामीले यस कार्यक्रमका मार्फत् अघि बढ्ने आँट तथा ऊर्जा दिने प्रयास गर्नेछौँ", क्रिएटिभ स्टेटमेन्ट्स्द्वारा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

यस क्षेत्रीय स्तरको सम्मान कार्यक्रममा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स्, नेपाल, पाकिस्तान तथा श्रीलंकाजस्ता देशबाट एक एक जना महिलाहरुलाई चयन गरी मूल सम्मान कार्यक्रम भने काठमाडौँमा सम्पन्न गरिने भएको छ । कार्यक्रम आगामी जेठ २५ गते सम्पन्न हुने भएको छ ।

उक्त कार्यक्रममा विकास, कला, व्यवसाय, शिक्षा, राजनीति, शान्ति व्यवस्थापन, समाजसेवा तथा वातावरणका क्षेत्रमा लागिका साहसी महिलाहरुलाई उक्त सम्मान दिइने छ । यसै गरी, गएको वर्षदेखि महिलाहरुको सशक्तीकरणका लागि लागिपर्ने दुइ पुरुषहरुलाई दिइने सम्मान पनि सार्क राष्ट्रभरिका पुरुषहरुमध्ये छानेर प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । यसअघि नेपाली महिलाहरुको सशक्तीकरणका लागि काम गरिरहेका गणेश गुरुङ र लक्ष्मणप्रसाद अर्याललाई सो सम्मान प्रदान गरिएको थियो ।

 

 

 

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: