राजनेता तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको पञ्चायतकालीन परिवेशमा लेखिएको कथा 'एक रात'लाई सर्वनामले मञ्चन गरेको छ । सर्वनामले 'एक रात'लाई मञ्चन गरेर दर्शकहरुको एक साँझलाई विशेष साँझमा रुपान्तरण गर्न सफल भएको थियो ।
एउटा प्रहरी अधिकृतको पञ्चायती व्यवस्थाप्रतिको अनास्था र विद्यार्थी आन्दोलनमा उसले गरेको सहयोगका विषयमा एक रातले देखाएको छ । प्रहरी अधिकृतले एक रातभरि आफ्नो आन्दोलनमा होमिएका विद्यार्थी, आफ्नो छोरो र आफ्नो क्रियाकलापसमेत विश्लेषण गर्दै व्यवस्थाको विरोध गरेको यस नाटकले देखाएको छ ।
विश्वेश्वरप्रसाद कोइरालाको यो कथालाई नेपाल टेलिभिजनले समेत टेलिफिल्मको रुपमा प्रस्तुत गरिसकेको छ ।
सन् १९८२ मा स्थापित सर्वनाम नाट्य क्षेत्रमा बहुचर्चित संस्था हो । खासगरी नेपालमा सडक नाटकको आन्दोलन शुरु गरेको यस संस्थाले नाटकमार्फत् जनजागरणका लागि विविध नाटकहरु प्रदर्शन गरेको छ ।