Home» Cinema »Biography

असफल चलचित्रका सफल नायक

करिब २०४३/४४ सालतिर विदेशबाट चलचित्र निर्देशन पढेर आएका निर्देशक दीपक रायमाझी आफ्ना भाञ्जा र नयाँ केटीलाई हिरोहिराइन लिएर फिल्म बनाउँदै थिए- भाग्यरेखा । नारायणी नदी पुलमुनि सुटिङ हुँदै गर्दा दुवै नयाँले बालुवा काण्ड मच्चाएपछि मामाले भाञ्जालाई चलचित्रबाट निकालिदिए । संयोगवश भाग्यरेखा हिट भयो र खानदानी भाञ्जाले पनि भारतको पञ्जाब विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एमए गरेर फर्के । फेरि २०४७ सालतिर मामाले भाञ्जासँग पहिलेकै केटीलाई लिएर अर्को फिल्म सुटिङ गरे- युगदेखि युगसम्म ।

सुपरहिट हिन्दी फिल्म कयामत से कयामत तकमा आधारित रही बनाइएको यो फिल्म अत्याधिक सफल भयो । यी नायक थिए राजेश हमाल र नायिका थिइन् कृष्टि मैनाली । लोकप्रिय संगीत र राम्रो कथाका साथै राम्रो शारीरिक सुगठन नभएका नायकहरु रजतपटमा सलबलाइरहेका बेला राम्रो उचाई, सुगठित शरीर, लामो कपाल पालेका राजेश हमाल दर्शकको दिलो-दिमागमा बास गर्न सफल भए ।

आज राजेश हमाल स्टार बनेको डेढ दशक पुगिसकेको छ । यस बीचमा उनले करिब एक सय ५० फिल्ममा अभिनय गरिसकेका छन् । यी मध्ये कति असफल पनि भएका छन् र राजेशकै करियरलाई माथि उठाउन मद्दत गर्ने न्यून चलचित्र मात्रै उनीसँग छन् । उनी आफैँ पनि यो कुरा मान्दछन् कि चार पाँच बाहेक अन्य चलचित्र उनका लागि स्मरणयोग्य छैन् । राजेश अन्य नायकभन्दा यस मानेमा भिन्न छन् कि असफल चलचित्रमा पनि दर्शकले राजेशलाई मन पराएका छन् । यसैकारण अनगिन्ति चलचित्र असफल हुँदा पनि राजेश निर्माताको पहिलो रोजाई बन्छन् । वास्तवमा राजेश हमालको डेढ दशक बढीको कििरयर समीक्षा गर्दा उनी असफल चलचित्रका सफल नायक हुन् । भारतीय चलचित्रका लोकप्रिय नायक मिथुन चक्रवर्तीको पदचिन्हमा हिँडेका छन् राजेश ।

युगदेखि युगसम्म, देउता, चाहना, चट्याङ, पृथ्वी, सिमाना, जीवनसंर्घष्ा, परदेशी, कान्छा, बहादुर, परदेशी कान्छा, अल्लारे, गोपीकृष्ण, प्रतीज्ञा, प्रतीक्षा, दौँतरी, वसन्ती, हिरो, चण्डाल, चोर, चौतारी, अर्जुन, अग्निपरीक्षा, शंकर, देउकी, धर्मपुत्र, मनमन्दिर, खानदान, छोरीबुहारी, भीष्मप्रतीज्ञा, अपराध, एक नं.को पाखे, सिउँदो, कसम, अधिकार, भरिया, भाउजू, साथी, जिन्दगानी, सिउँदोको सिन्दूरजस्ता सूचि जति अघि बढाए पनि बढाउन सकिन्छ । यी चलचित्रमध्ये युगदेखि युगसम्म, देउता, चट्याङ, पृथ्वी, सिमाना, अल्लारे, गोपीकृष्ण, दौँतरी, शंकर, अग्निपरीक्षा, भीष्मप्रतीज्ञा, अपराध, कसम, अवतार, भरिया, साथी, जिन्दगानी आदि चलचित्र व्यवसायिक रुपमा सफल मानिन्छ् । तर करियर समीक्षा गर्दा उल्लेख्य श्रेणीमा पर्ने चाहिँ देउता, अल्लारे, अधिकार, वसन्ती मात्र पर्दछन् ।

सही मानेमा राजेश हमालको करियरले तीन पटक जन्म लिएको छ । पहिलो पटक युगदेखि युगसम्म, जसमा उनले प्रेमी नवयुवाको भूमिका निभाएका थिए । दोस्रो पटक तुलसी घिमिरेको निर्देशनमा, जसमा उनले भाग्यले ठगिएको कर्मठ युवाको प्रतिनिधित्व गरेका थिए । तेस्रो पटक उनको करियरले वसन्तीमा आएर पर्ुनर्जन्म लिएको थियो । नेपालको इतिहासको एउटा कालखण्डका नायक गगन सिंहको भूमिकामा नीर शाहको निर्देशनमा राजेशले प्रशस्त अभिनय क्षमता पर््रदर्शन गरेका थिए ।

नेपाली चलचित्रको डेढ दशकलाई एक्लै बोकेर हिँड्ने राजेशको परिचय पनि आज लामो कपाल पालेको हिरोमा सीमित नरहेर सुपर स्टार राजेश हमालमा परिणत भइसकेको छ । र, लगभग सम्पर्ूण्ा चलचित्र दर्शकलाई आज राजेशले कपाल खुइल्याएको जानकारी पनि छ र मुडुले राजेशलाई हर्ेर्ने कौतुहलता पनि । चलचित्रलाई बेरोजगारको अखडा र अशिक्षितहरुको जमघट भनेर होच्याउने कथित सभ्य समाजका सदस्य राजेशको नाम सुन्नासाथ तोरीको फूल देख्न थाल्दछन् । राजेशको विषयमा जसले जति आलोचना गरे पनि आग्रह पर्ूवाग्रह बिना मान्नुपर्ने एउटा तथ्य के हो भने चलचित्र उद्योगलाई वर्षा चार वटा चलचित्र बन्ने स्थितिबाट वर्षा ६० वटा चलचित्र बन्ने उद्योग बनाउनुमा उनको अहम् भूमिका रहेको छ । उत्पादनमूलक उद्योगको मान्यता पाइसक्दा पनि निर्देशकको नाम सुनेर फिल्म हर्ेन जाने दर्शक संख्या नगण्य हुन आउँछ । र, अन्य नायकको कुरा गर्दा राजेशको तुलनामा भुवन सफल चलचित्रका असफल नायक हुन् । शिव श्रेष्ठले समय समयमा सफल फिल्म दिए पनि उनी विदेसिएका कारण उनको उपस्थिति मात्र उल्लेखनीय हुन आउँछ । नेपालको पश्चिमी क्षेत्रमा अन्य नायकको चलचित्र चल्दा पनि दर्शक तान्नका लागि पोष्टरमा राजेश हमालको फोटो टाँस्ने गरिनाले पनि राजेशको लोकप्रियताको अन्दाज लगाउन सकिन्छ ।

राजेश हमालको नकारात्मक पक्षको कुरा गर्दा उनी अभिनय गर्ने मेसिन हुन् भन्दाप नि हुन्छ । उनले फिल्म खेल्दा कथा, निर्देशकलाई भन्दा संख्या र पैसालाई महत्व दिएको देखिन्छ । राजेश संख्याको हिसाबले जति अगाडि छन्, स्तरीय अभिनयको हिसाबले उति नै पछाडि छन् । राजेशको छवि भनेको द्वन्द्व नायकको हो र उमेरले पचास उकालो लाग्दा पनि उनी युद्ध पोशाकर पहिरिएर एक हातमा बच्चा र अर्को हातमा बन्दूक समाउने अर्जुन बनिरहेका छन् । डुप्लिकेट प्रयोग गरिने परम्परागत भद्दा द्वन्द्व नै राजेशको पर्यायवाची बनेको छ । हुन त यी डेढ दशकमा उनका प्रतिद्वन्द्वी नायक नजन्मिएका पनि होइनन् । धिरेन शाक्य, सरोज खनाल, श्रीकृष्ण श्रेष्ठ, रमेश उप्रेती र केही हदसम्म शिव श्रेष्ठ, भुवन केसी रुपी प्रतिद्वन्द्वीको उनले सामना गरेका हुन् । तर वर्तमानको स्थिति भने अलि फरक देखिन्छ ।

अहिले उनको प्रमुख प्रतिद्वन्द्वी निखिल उप्रेतीका रुपमा हाजीर भएका छन् भने प्रेमपर्ूण्ा भूमिकाका लागि रमित ढुंगाना । दिलिप रायमाझी पनि आफ्ना ठाउँमा छँदैछन् । अहिले त एक्सन हिरोको रुपमा हरकोही जन्मिरहेको छ, जसमा केहीको नाम यसरी लिन सकिन्छ- विराज भट्ट, विक्रान्त बस्नेत आदि ।

कहिलेकाहीँ वसन्ती, जिन्दगानीमा सिर्जनात्मक प्रयोग गरेका भए पनि राजेश प्रयोग गर्न डराउने नायक हुन् । चाहेका भए राजेशले आफ्नो लोकप्रियताको आडमा चलचित्र र नायक सम्बन्धी दर्शकमा रहेको धारणा परिवर्तन गर्न सक्थे । तर उनले आफ्नो लोकप्रियता गुम्ने डरले साहसिक कार्य गर्नबाट चुके । यस मानेमा राजेशको करियरको समीक्षा गर्न असफल चलचित्रका सफल नायक भन्न सकिन्छ ।

- पण्डित

 
Click Here To Read Previously Posted Article             
 
More on Biography
Related Tags:
अभिनेता सेलेब्रिटी रिलिज समारोह सेक्स प्रविधि सुटिङ हल्ला अभिनेत्री पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology,