Home» Television »Biography

नायक बन्ने सपना पूरा हुँदा

उनी सिनेमाको नायक बन्ने सपना बोकेर काठमाडौँ छिरेका थिए । त्यो सपना अहिले आएर बल्ल पूरा भएको छ ।

२०३५ साल माघ १५ गते झापाको तोपगाछीमा जन्मिएका सरोज केसीले मेची आवासीय बोर्डिङ स्कूलबाट पढाई शुरु गरे । पछि उनले दमक स्कूलबाट एसएलसी पूरा गरेपछि बनेपाको एभरेष्ट इन्स्टिच्यूट अफ टेक्नोलजीबाट जुनियर ओभरसियरको पढाई सम्पन्न गरेका थिए । त्रिचन्द्र क्याम्पसमा बीए पढेका उनी २०५३ सालतिर नै चलचित्रको नायक बन्न भनेर काठमाडौँ छिरेका थिए ।

उनले पहिलो पटक टेलिभिजनमा चित्रलहर कार्यक्रममा काम गर्ने अवसर जुर्यो । उनलाई त्यतिबेला साह्रै रमाइलो लाग्यो जब उनले राष्ट्रिय नाचघरमा एक वर्ष नाट्य प्रशिक्षण लिए । २०५५ सालमा उनले लिएको यो प्रशिक्षणले उनलाई एउटा चूरोटको विज्ञापनमा काम दिलायो भने निकै रेडियो नाटकमा आफ्नो स्वरले अभिनय गरे ।

२०५७ सालमा च्यानल नेपालले गराएको प्रतिस्पर्धामा नम्बर एकमा उत्तीर्ण भएपछि हेल्लो नामक कार्यक्रम चलाएका उनले यसलाई लोकप्रियताको एउटा उचाई थपिदिए । यो कार्यक्रम लगातार पाँच वर्षउनले चलाए । "फिप्टी फिप्टी" र "टी टक्"जस्ता कार्यक्रम पनि उनले चलाएका थिए ।

त्यसो त उनलाई अभिनयको नशा यसरी लागेको थियो कि राम्रो भूमिका नहुँदानहुँदै पनि हिजो आजका कुरा, प्रहरी अनुरोधजस्ता टेलिभिजन कार्यक्रममा अभिनय गरेका थिए ।

स्कूलताका नै नाटक र नृत्य भनेपछि हुरुक्क हुने सरोज उसबेला टीभीबाट आउने ट्वाक्क टुक्क जस्ता रमाइला कार्यक्रमको डिट्टो नक्कल गर्ने गर्थे । स्कूलका निकै कार्यक्रममा उनले सञ्चालन गर्थे, उसबेला नै । त्यसैले त धेरैले उनलाई काठमाडौँ गएर नाम कमाउला भनेर धेरै गाउँलेहरुको आशा थियो । उनीहरुको यही हौसलाका कारण उनी राजधानी छिरेका थिए ।

उनले पहिलो पटक लामो भूमिका एउटा टेलिफिल्ममा पाएका थिए । अश्विनी कोइरालाद्वारा निर्माण गरिएको "क्षण" टेलिफिल्ममा उनी कृति भट्टराईसँग अभिनय गरेका थिए । तर उक्त टेलिफिल्मले टेलिभिजनको अनुहार देख्न चाहिँ पाएन । "क्षण"ले सपना पूरा नगराए पनि क्षणका निर्देशक ऋषि लामिछानेले उनलाई परिचय टेलिश्रृङ्खलामा एउटा यादगार भूमिका दिए । जसका कारण उनलाई एउटा असल अभिनेताका रुपमा चिनिन थालियो ।

पछिल्लो समय उनलाई टेलिफिल्म र चलचित्रका लागि अनुबन्धित गरिएको छ । र, यसबाट उनी ज्यादै उत्साहित भएका छन् । भन्छन्- "हरेक कुराको समय आउँदो रहेछ, आफूले मात्र हतार गरेर केही हुँदो रहेनछ ।"

 
Click Here To Read Previously Posted Article             
 
More on Biography
Related Tags:
अभिनेता अभिनेता सेलेब्रिटी रिलिज समारोह प्रविधि सेक्स सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,