Home» City Life »Updates

देशको दुर्भाग्य

देशको सबैभन्दा दुर्भाग्य देख्न पाइयो, जब गोरखा जिल्लामा आयोजित 'लडाइँमा जनता'को प्रदर्शनीस्थलमा दुइ 'महान्' नेताहरु प्रदर्शनी हेर्न आइपुगे ।

एक नेता थिए, नेपाली कांग्रेसका केन्द्रीय सदस्य । जो पटक पटक मन्त्री भए र करोडौँको भ्रष्टाचारमा मुछिए । उनलाई करोडौँको भ्रष्टाचार भएको आरोप लागेको थियो र त्यस आरोपलाई उनले मिथ्या प्रमाणित गर्न सकेका छैनन् । अर्थात् देशको यो हालत हुनुमा उनको पनि ठूलो भूमिका थियो र नेपालमा जनयुद्ध शुरु गराउनमा उनको पनि भूमिका रहेको थियो ।उनले अभिरुचिपूर्वक लडाइँमा जनता हेरेछन् ।

अनि अर्कोतिर माओवादी जनयुद्धका मुख्य नेता बाबुराम भट्टराईले त्यो फोटो हेरेछन्, जुन फोटो मानव अधिकार हनन् र ज्यादतीको उत्कृष्ट नमूना बनेर देशविदेशमा प्रचारित भयो । एक स्कूलका प्रधानाध्यापकको हत्याको यही फोटोका कारण माओवादीमाथि विश्वको बक्रदृष्टि बन्न सफल भयो र उनीहरु पनि वार्ताका लागि पहल गर्न कालान्तरमा बाध्य पारिए । डा. बाबुराम भट्टराईले पनि ती फोटाहरु हेरेछन् ।

नेपालको दुर्गतिका लागि यी दुवै जिम्मेवार छन् । अनि, जनताको यो दुर्गतिलाई यी दुइ नेताले कसरी सद्गतितिर ल्याउने हुन्, हेर्न बाँकी छ किनभने कोही भ्रष्टाचारका कारण गन्हाउने किसिमले "ढ्याऊ" गरेका र कोही चाहिँ मानव अधिकारको रक्षा भन्ने शब्द कहीँ कतै हराएका व्यक्तिहरु नयाँ नेपालका लागि नयाँ संविधान बनाउने संविधानसभाको निर्वाचनका लागि कस्सिएर लागिपरेका छन् । यी दुइको फ्यूजन कस्तो हुँदो हो, जनताले चासोपूर्वक हेर्नेछन् । के यो प्रदर्शनीले तपाइँहरुको मति सुध्रिएला त नेताज्यू !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country