Home» Around the World »Weird and Interesting

कर अधिकारीले रगत मागे

पोल्याण्डका कर अधिकारीहरुले व्यापारी, व्यवसायीहरुलाई कर छुट चाहिए रगत दान गर्ने अनौठो उर्दी जारी गरेका छन् । र, अचम्म के छ भने त्यो उर्दीलाई त्यहाँका स्थानीय जनताले स्वागत गरेका छन् । रगत दिए, उनीहरुले गर्ने गरेको व्यापार व्यवसायबाट तिरिनुपर्ने केही कर माफ गरिने अधिकारीहरुको दाबी छ ।

एक पटक रगत दान गर्दा ३० पाउण्डको कर माफ गरिने अधिकारीहरुले बताएका छन् । यसका लागि रक्तदान गर्ने दाताले अस्पतालबाट एउटा प्रमाणपत्र पाउने छ र अस्पतालले नै एउटा रगत दान गरेको प्रमाणपत्रको प्रतिलिपि कर कार्यालय पठाउने छ । जसका कारण व्यापारी तथा व्यवसायीहरुले उसले तिर्नुपर्ने रकमबाट रगत दान गरेबापतको रकम घटाइने छ ।

उत्तरपूर्वी शहर बेलिस्टकका नियमित रगतदाता देरिसुज ग्रिकाले भने- "मैले यो तब मात्र चाल पाएँ, जब मेरा एक साथीले अघिल्लो सालबाट नियमित रुपमा रगत दान गर्न थालेको थाहा पाएँ ।"

"यो जस्तो गज्जबको समाजसेवा मैले देखिन, स्वास्थ्य पनि बन्ने अनि पैसा पनि जोगिने !", कर कार्यालयले तीन पटकसम्म घटाइदिएको रकम देखाउँदै ग्रिकाले दङ्ग पर्दै बताए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: