Home» Cinema »Feature

पोखराप्रेमी निर्देशक

पहिलो चलचित्रलाई पोखरामै सुटिङ गरेर सिध्याउने पछिल्ला निर्देशक श्याम भट्टराईले यस पटक पनि पोखरा मोहलाई त्यागेका छैनन् ।

उनलाई नेपालभरिमै सबैभन्दा मनपर्ने ठाउँ पोखरा भएकाले आफ्नो चलचित्रको सम्पूर्ण कार्य यहीँ सक्ने इच्छा राख्छन् । प्राविधिक कार्य गर्न नसकिने भएका कारण बाध्यताले मात्र उनी काठमाडौँमा बाँकी काम गरिरहेको इनशाडटकमसँगको कुराकानीमा उनले बताए ।

यसअघिको चलचित्र "मर्यादा"को अधिकांश सुटिङ पनि उनले पोखरामा नै सिध्याएका थिए ।

"मर्यादा"ले राम्रै व्यापार गरेपछि निर्माता सञ्जय कुटुले साजन फिल्म्स्को ब्यानरमा दोस्रो चलचित्रको घोषणा त गरे साथमा निर्देशकलाई समेत दोहोर्‍याएपछि निर्देशक भट्टराईले पनि चलचित्रको सुटिङ पोखरा नै राख्ने निधो गरेका थिए ।

आखिर पोखरा नै किन त ? "यो पर्यटनका लागि मात्र नभएर सुटिङका लागि पनि उपयुक्त स्थल हो । सबै मौसमका लागि उपयुक्त भएकाले यसको मोह त्याग्न नसकेको हुँ", निर्देशक भट्टराईले इनशाडटकमलाई बताए ।

निर्देशक भट्टराईका अनुसार अहिले चलचित्रको द्वन्द्व दृश्य छायाँकन भइरहेको छ ।

विशुद्ध प्रेमकथामा आधारित भनिएको यो चलचित्रको गएको बिहीबार पोखरास्थित बाराही मन्दिरमा शुभमुहूर्त सम्पन्न भएको थियो ।

चलचित्रमा राजेश हमाल, गणेश उप्रेती, आर्यन सिग्देल, सुनीलदत्त पाण्डे, रञ्जना शर्मा आदि कलाकारको अभिनय रहेको छ भने सुरेश अधिकारीको सङ्गीत, हिमाल केसीको द्वन्द्व, वसन्त श्रेष्ठको नृत्य, दयाराम पाण्डेको गीत तथा प्रदीप भारद्वाजको लेखन रहेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
सुटिङ अभिनेता सेलेब्रिटी समारोह रिलिज सेक्स प्रविधि अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,