भनिन्छ, मियाँ बिबी राजी तो क्या करेगा काजी !! तर यहाँ मियाँ बिबी राजी भएर पनि कुरा मिलेको छैन ।
प्रसङ्ग हो सञ्जय दत्तको । हामी हिन्दी सिनेमा हेर्र्छौँ, रुचाउँछौँ, हिन्दी फिल्मी स्टारहरुको निजी जीवनले हामीलाई पनि असर गरिरहेको छ भने सञ्जय दत्तको बिहेले कति नेपाली दर्शकको मन भाँचिएको हुनु पर्छ ।
तर सञ्जयको जीवनमा बिहे चाहिँ सुखका लागि भन्दा पनि बढी दुःखका लागि बनेको पो हो कि जस्तो लाग्छ ।
केही दिनअघि मात्र केही सीमित साथीहरुलाई साक्षी राखेर मान्यतालाई बिहे गरेका सञ्जयलाई आफ्नी पछिल्ली श्रीमतीलाई कानूनी रुपमा श्रीमती मान्न सकिरहेका छैनन् । कानूनी अधिकारीहरुले गोवामा गरिएको उक्त बिहेलाई कानूनी मान्यता दिन नसकिने र कानूनी मान्यता दिनका लागि पेश गरिएका कागजातहरु नक्कली भएको आशंकामा उनलाई बिहेको मञ्जुरीनामा दिइएको छैन ।
त्यसो त मान्यताका बारेमा पनि निकै हल्ला मच्चिएका छन् । चलचित्र लेखकका रुपमा संर्घष्ा गरिरहेका मेहराज शेखले मान्यता २००३ देखि आफ्नी श्रीमती भएको र ती उनले आफूसँग सम्बन्ध विच्छेद नगरी अर्कै पुरुषलाई लोग्ने मानेको भन्दै मुद्दा हालेका छन् । यता मेहराज चाहिँ केही समययता केही फिल्म सेलिब्रिटीहरुलाई अश्लील एसएमएस गरेको अभियोगमा केही महिनाअघि जेल चलान गरिएका छन् ।
उनले यो मुद्दा जेलभित्रैबाट हालेको बुझिएको छ ।
यता खबरअनुसार यसअघि मान्यताले चार बिहे गरिसकेकी र मेहराजबाट एउटा छोरोसमेत रहेको सञ्चार माध्यमहरुले जनाएका छन् ।
यता एक वेबसाइटसँगको कुराकानीमा सञ्जय दत्तले बिहेपछि आफू "रिल्याक्स्ड" फिल गरेको बताएका छन् । "यस्तो अनुपम शान्तिको अनुभव धेरैपछि मात्र भएको छ", उनले भने- "मलाई बुढेश कालमा आएर उनीसँग प्रेम भयो र यसबाट म काफी आनन्दित महसूस गरिरहेको छु ।"
उनको बिहेमा उनकी छोरी त्रिशाला, बहिनी प्रिया उपस्थित थिएनन् । छोरी त्रिशाला न्यूयोर्क बसिरहेकी छिन् भने यसअघि नै उनीहरुको बिहेका सम्बन्धमा कडा प्रतिक्रिया दिइसकेकी छिन् । प्रियाले चाहिँ सञ्जयको भलो जेमा हुन्छ, त्यही गरुन् भन्ने आशय व्यक्त गरेकी छिन् ।