Home» Cinema »Feature

नेपाल विवादले वितरकलाई तान्यो
- रेखा ओझा

दुइ चलचित्र वितरकका कारण आफ्नो इज्जतको धज्जी उडेकोमा प्राइम ब्रोडकास्टिङ प्रा.लि.का अरुण मल्ल यतिबेला क्षुब्ध बनेका छन् ।

माघ २५ बाट पोखरा र फागुन ३ बाट नारायणघाटमा नयाँ चलचित्र नेपालको प्रदर्शन गर्ने गरी व्यापक तयारी गरेका निर्माता निर्मल शर्माले सम्पूर्ण कार्यको जिम्मा प्राइम ब्रोडकास्टिङलाई जिम्मा दिएको भए पनि प्राइमले समयमा आफ्नो जिम्मेवारी पूरा नगरेकोमा उनले मुद्दा हालेका थिए । उनको मुद्दा अहिले चलचित्र निर्माता संघमा विचाराधीन रहेको छ । तर मुद्दा अघि बढ्ने बित्तिकै चलचित्रका वितरक निरञ्जन पिया र मनोज श्रेष्ठले आफैँ गर्छु भनी रकमसमेत लिएर सम्पर्कविहीन भएपछि प्राइमका अरुण मल्ल अप्ठेरोमा परेका हुन् ।
 
उनलाई त्यतिबेला झनै गाह्रो भयो, जब श्रेष्ठ र पियाले समयमा प्रिन्ट निकालेर चलचित्र समयमै चलाइदिएनन् । जसका कारण निर्माता शर्माले अरुण मल्ल र प्राइममाथि मुद्दा हाल्न पुगे ।

निर्माता शर्माको भनाइ थियो- "स्टुडियोमा सम्पादन कार्य गरेबापत सबै पैसा चुक्ता गरिसकेकोमा मुम्बईको ल्याबमा पैसा नतिरेको कारण प्रिन्ट रोकियो । र, एउटा प्रिन्टले पोखरा मात्र रिलिज गर्न सकियो ।"

तर यता प्राइमका अरुण मल्लको भनाइ छ- "हाम्रो कम्पनीमा काम गराएबापत् हामीले एउटा मात्र प्रिन्ट उपलब्ध गराउँछौँ र बाँकी प्रिन्टका लागि निर्माता र वितरकहरुको सहमतिमा काम शुरु हुन्छ । तर बाँकी प्रिन्टको काम हामी आफैँ गर्र्छौँ भन्दै वितरकहरु पिया र श्रेष्ठले अन्य प्रिन्टको काम नगराएकाले यो समस्या देखिएको हो ।" त्यसैले आफूसँग भन्दा पनि यस्तो अप्ठेरोमा वितरकहरुलाई पक्रनु पर्ने मल्लको भनाइ रहेको छ ।

यसो त यो समस्या तब उत्पन्न भयो, जब मल्ल विशेष कामले बेलायत गएका थिए र बाँकी कामका लागि अन्यले गहन जिम्मेवारी बहन गर्न सकेनन् । मल्ल बेलायतबाट फर्किएलगत्तै उनको पहलमा अन्य कामहरु सम्पन्न भइसकेका छन् ।

यसअघि नेपालका निर्माताहरुले आफ्नो चलचित्रलाई व्यापक रुपमा घाटा भएकाले प्राइमले १० लाख रुपियाँको घाटापूर्ति गरिदिनु पर्ने भन्दै निर्माता संघमा मुद्दा हालेको थियो ।

पछि यसमा प्राइमको कुनै पनि संलग्नता नदेखिएपछि निर्माताहरुले आफ्नो मागलाई थाती राख्न पुगेका छन् भने पोखरा र नारायणगढमा देखिएको व्यापारले पनि उनीहरुलाई सन्तुष्ट बनाएको निर्मातामध्ये एक निर्मल शर्माले जानकारी गराएका छन् ।

यता वितरकहरुले प्रिन्ट ननिकाली किन सम्पर्कबाहिर बस्न चाहे भन्ने भन्ने कुरा चाहिँ खुल्न सकेको छैन । वितरकहरु नै यस बदमासीमा संलग्न भएको देखिए पनि उनीहरुमाथि कारवाहीको प्रसङ्ग किन उठेन भन्ने प्रश्न पनि अनुत्तरित रहेको छ । यस विषयमा वितरकहरुसँग सम्पर्क गर्न खोज्दा दुवै वितरकहरुसँग सम्पर्क हुन सकेन ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
हल्ला सेलेब्रिटी अभिनेता रिलिज समारोह सेक्स प्रविधि सुटिङ अभिनेत्री पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,