Home» City Life »Updates

समाज बनाउने जिम्मा


केही समययता सडकप्रति पैदलयात्रुलाई जिम्मेवार बनाउन स्कूल, कर्पोरेट अफिस, ट्राफिक प्रहरी कार्यालय मिलेर काम गर्न थालेका छन् । यसको उदाहरण हरेक दिन जब म बानेश्वरबाट टेकु हिँड्छु, त्यहाँ मिहिनेतपर्ूवक ट्राफिक व्यवस्थापनमा लागिरहेका विद्यार्थी, डीएचएल कम्पनीका स्वयम् सेवक र ट्राफिक प्रहरीहरु देख्छु ।

डीएचएल मात्र होइन, वैद्यज अर्गनाइजेशनका कर्मचारीहरु पनि सडक व्यवस्थापन गर्न लागिरहेको देखिन्छ कहिलेकाहीँ । एक पटक त कलाकारहरु नै ट्राफिक व्यवस्थापनमा लागेको देखेँ ।

अनि योभन्दा पनि बढी स्कूलका विद्यार्थीहरुलाई स्कूलले यही समाजसेवाका लागि खटाउने गरेको पनि पाएको छु ।

यो देख्दा रमाइलो लाग्छ, विद्यार्थीहरुले समाज बुझ्नु पर्छ । तिनले नेपालीहरुको मस्तिष्क बुझ्नु पर्छ । तिनले आजको नेपाल बुझे भने भोलिको नेपाल बनाउन गाह्रो हुने छैन । तर ती विद्यार्थीहरुलाई ट्राफिक व्यवस्थापन मात्र होइन, यस्तै जस्तै समस्या भएका अन्य प्रकृतिमा, भिन्न अवस्थामा पनि व्यवस्थापन गर्न पठाउनु पर्छ ।

पैदलयात्रुलाई जिम्मेवार बनाउन जापानबाट जापानी बाबा आउँछन् र गम्भीर हुन हामीलाई सिकाउँछन् । हामीलाई तिनले सिकाएको कुराभन्दा यहाँका स्कूले भाइबहिनीले सिकाएको कुरामा गर्व हुनर्ुपर्छ । विदेशी कम्पनीका कार्यकर्ताहरुले दिने अर्तीभन्दा यहीँका स्वदेशी कम्पनीले सुझाउने सुझाव हामीलाई रुचिकर लाग्नु पर्छ ।

खासमा यी कुराहरु सुन्दा कति प्रीतिकर लाग्छन् ! मन नै हलुङ्गो भएर आउँछ । तर यी कुरालाई कसले कार्यान्वित गर्छ - गर्नु त हामीले नै पर्छ । नेपाली कलाकारहरु सडकमा उत्रिएर हामीलाई कसरी हिँड्ने भनेर सिकाउँदा हामी सिक्न चाहँदैनौँ । अनि, विदेशी कलाकार आएर के गर्नु पर्छ भनेर भन्दा हामी मख्ख पर्र्छौँ । तर उसलाई हामीले भन्नु पर्ने हो- हामीले के गर्नुपर्छ हामीलाई आउँछ, हामीले त्यो गरिरहेका छौँ, तिमीले सिकाइरहनु पर्दैन ।

ट्राफिक प्रहरी अधिकृतहरुले अब पैदलयात्रुहरुलाई पनि नियम मिचे कारवाही गर्ने नियम बनिसकेको दाबी गरिरहेका छन् । खासमा हामी नियमले बाँधिएर मात्रै किन काम गर्न रुचाउँछौँ -

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country