Home» Around the World »Weird and Interesting

लोलितालाई गाह्रो

लोलिता भन्ने बित्तिकै तपाइँको दिमागमा त्यस्ती कामुक युवतीको चित्र आउँछ, जुन टीन एजमा पनि छिरेकी छैन । अनि यदि हिन्दी फिल्म निशब्द पनि याद आएको हुनुपर्छ यदि त्यसको स्वाद लिनु भएको थियो भने ।

लोलिता भन्ने शब्द त यति कुख्यात भयो कि आफ्ना सन्तानको नाम त के यससँग जोडिएको वस्तुसँग पनि पश्चिमा अभिभावकहरु सम्बन्ध राख्न चाहँदैनन् ।

अहिले बेलायतमा यस्तै भएको छ । ६ वर्षीया बालिकाहरुलाई ध्यानमा राखेर बनाइएको एक विछ्यौनाको नाम लोलिता भयो भनेर बेलायतका अभिभावकहरुले विछ्यौना निर्माता वुलवर्थ कम्पनीलाई आच्छुआच्छु पारिदिएका छन् । यता वुलवर्थले पनि आफ्ना स्टाफहरुलाई उक्त विषयमा जानकारी नभएकाले त्यस्तो भएको हुनसक्छ भन्दै माफी मात्र मागेको छैन उक्त विछ्यौनाको नाम नै परिवर्तन गरिने जनाएको पनि छ ।

सन् १९५५ मा भ्लादिमिर नाबोकोभद्वारा लिखित 'लोलिता'मा कथाकार आफ्नी १२ वर्षीया सौतिनी छोरीसँग यौनजन्य क्रियाकलापमा फँसेको कुरा व्यक्त गरिएको छ । यता वुलवर्थका कामदारहरुले यो क्लासिक उपन्यास र यसमाथि बनेका अन्य दुइ चलचित्रबारे बिल्कूलै अनभिज्ञता जनाएका छन् ।

तर सँगैमा आफूहरुले स्वेत रंगको काठे विछ्यौना 'लोलिता मिडस्लीपर कोम्बी'को नाममा लोलिता जोडिनुलाई खासै आपत्तिजनक नहुनुपर्ने उनीहरुको भनाइ छ ।

कामदारहरु त यति बेवकूफ रहेछन् कि लोलिताबारे जान्न विकीपेडिया पो छिर्नु पर्‍यो । "बल्ल हामीले थाहा पायौँ, लोलिता को रहिछन् !" आर्श्चर्यव्यक्त गर्दै एक कामदारले भने ।

यता कामदारहरुले लोलिताबारे जानकारी हासिल गरिसकेपछि वुलवर्थ कम्पनीले सो नामको उत्पादन नै बन्द गरिदिएको छ । र, बेचिन बाँकी रहेको मौज्दातलाई पनि तत्काल हटाइएको छ ।

यता लोलिता नाम राख्न हौस्याउने वुलवर्थको विज्ञापन सहयोगीहरुसँग कसरी यो नाम राखियो भन्ने प्रश्न गर्नेसमेत कम्पनीले विज्ञप्ति जारी गरेको रोयर्टस समाचार संस्थाले जनाएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! सेक्स माया सुन्दरी बलिउड गुगल मुद्दा मामिला मूर्ख्याइँ सेलेब्रिटी इन्टरनेट भव्यता विज्ञापन श्रीमानश्रीमती प्रविधि कीर्तिमान परिस्थिति नग्नता उपाय हलिउड फट्याइँ
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह