Home» Cinema »Feature

सफल मिथिला

रेजिना पाण्डे

भर्खरै मिथिला शर्मालाइ एउटा भोजपुरी सिनेमामा महत्वपूर्ण भूमिकाका लागि साइन गरियो । त्रिनेत्र नामक यो चलचित्र यस कारण महत्वपूर्ण छ कि यसमा भारतीय टीभी सिरियलकी प्रख्यात अभिनेत्री श्वेता तिवारी (प्रेरणा) पनि यस चलचित्रमा अनुबन्धित भएकी छिन् ।

गम्भीर भूमिकाका लागि चलचित्रका निर्माता निर्देशकको पहिलो रुचिमा पर्न सफल यी कलाकार त्यसै यस अवस्थामा आउनु भएकी मिथिलाले गरेको संघर्षकै कारण यो दिन देख्न सक्नु भएको हो ।

अधिकांश टेलिचलचित्र तथा चलचित्रहरूमा चरित्र अभिनेत्रीको रूपमा स्थापित चर्चित अभिनेत्री मिथिला शर्मा एक सफल कलाकार हुनुहुन्छ । कलाक्षेत्रमा सानो छँदादेखि नै नाच्न गाउन मन पराउने मिथिला शर्माले आफूलाई स्थापित गराउन धेरै संघर्ष गर्नु पर्‍यो ।

त्यही संघर्षको फलले नै आज उहाँलाई मिथिला शर्मा भनेर चिनाएको छ । नृत्यबाट नै कला क्षेत्रमा प्रवेश गर्नुभएकी मिथिला शर्माले नायिकाको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ । पर्दामा आमाको भूमिकाहरूमा धेरैजसो देखा पर्नु हुने मिथिलाको शसक्त अभिनयबाट आफूलाई दर्शक माझ प्रस्तुत गर्न सफल हुनुहुन्छ ।

पढेलेखेकाहरू यस क्षेत्रमा लाग्दैन भन्ने मानसिकतालाई पनि कलाकार शर्माले गलत साबित गरिदिनु भयो । जुन समयमा उहाँ कलाक्षेत्रमा लाग्नु भयो, त्यतिबेला महिलाहरूलाई निकै कठिन थियो । यस किसिमका अप्ठ्याराहरूलाई पार गर्दै योग्य कलाकार हुनुभयो । उहाँ भन्नुहुन्छ- "हिजोको अवस्थामा निकै कठिन थियो । आज धेरै मौका छन् । हिजो सीमित चलचित्र बन्दथ्यो । धेरै दु:ख हुन्थ्यो तर आज त्यो छैन । छ त खाली मिहेनत मात्र चाहिन्छ । मिहेनत गर्ने र आँट भए सफल भइन्छ ।" हिजो त्यो कम थियो भन्नु हुन्छ मिथिला शर्मा ।

२०२१ सालको असोज ३० गते काठमाडौँमा जन्मनु भएकी मिथिला शर्मा वास्तमा कलाक्षेत्रमा लाग्नेहरूका लागि प्रेरणा बन्न सक्नु हुन्छ ।

उहाँ एउटा सफल र सशक्त अभिनय गर्ने कलाकारको साथ साथै कुशल नृत्यङ्गना पनि हुनुहुन्छ । हालसम्म दर्जनौं टेलिचलचित्र, चलचित्र, भिडियोहरूमा अभिनय गरिसक्नु भएकी मिथिला शर्माले गीतहरूमा मोडलसम्मको पनि काम गरिसक्नु भएको छ । आमा, माया, शान्तिदीप, आमाको काख, जस्ता दुइ दर्जनभन्दा बढी चलचित्रहरूमा कुशल अभिनयले दर्शकहरूको मन जित्नु भएको छ । मिथिला शर्मालाई मन नपराउने दर्शक कमै होलान् । मिजासिलो स्वभावले पनि उहाँलाई रुचाउने धेरै छन् । २०३० सालदेखि कलाक्षेत्रमा प्रवेश गर्नु भएकी मिथिला शर्मा आजसम्म पनि कलाक्षेत्रमा लागि परिरहनु भएको छ उहाँको जीवनमा अभिनयको निकै महत्व छ- उहाँ भन्नुहुन्छ ।

उहाँ नृत्यमा पनि निकै पोख्त हुनुहुन्छ । शास्त्रीय नृत्यमा मिथिला शर्माले स्नातक गर्नुभएको छ भने साथै गृह विज्ञानमा पनि उहाँले स्नातक गर्नुभएको छ । मिथिला शर्माले नृत्य पनि सिकाउनु हुन्छ । उहाँ एउटा राम्रो नृत्य शिक्षक पनि हुनुहुन्छ । सेन्टमेरिज स्कुल र कान्तिईश्वरी स्कुलमा नृत्य सिकाउनु हुने उहाँले मिथिला कला केन्द्र सञ्चालन गर्नुभएको छ ।

जीवनमा धेरै उतार चढावले नै आज उहाँ राम्रो उहाँले गर्नुभएको मिहेनत लगन संयमले नै आज उहाँको जीवनको महत्वपूर्ण कुराहरूमा सफल हुनुहुन्छ । धेरै ठाउँबाट सम्मानित भएपनि उहाँले सबैभन्दा बढी सम्मान दर्शकहरूको माया नै पाउनु भएको छ । त्यसमध्ये पनि गोरखा दक्षिण बाहु, शिक्षा पदक, पहिलो टेलिभिजन अभिनेत्री अवार्ड, उत्कृष्ट कलाकारको अवार्ड २०४४ पहिलो उत्कृष्ट भिडियो चलचित्र अवार्ड, उत्कृष्ट स्पोटिङ अवार्ड, साथै थुप्रै अवार्ड र पुरस्कार हात पार्नु भएको छ । अभिनयको क्रममा जापान, जर्मनी, थाइल्याण्ड, भारत अन्य ठाउँहरूमा उहाँ पुग्नु भएको छ ।

"सच्चा मनले गरेको हरेक कामहरू सफल हुन्छन् । जति संघर्ष गर्यो, त्यसबाट पाएको फलले त्यो सं‍घर्षलाइ मीठो बनाउँछ" उहाँको भनाइ छ ।

 

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अभिनेत्री अभिनेता सेलेब्रिटी समारोह रिलिज सेक्स प्रविधि सुटिङ हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,