Home» Cinema »Review

अल्पविरामः उद्योगको कोशेढुंगो

नेपालमा विस्तारै चलचित्रको महत्व थाहा हुन थालेको महसूस हुँदैछ । चलचित्र पनि मास मिडियाको दह्रो माध्यम हो र यसले गम्भीर सिर्जनामार्फत् दर्शकहरुलाई मनोरञ्जन मात्र होइन सोच्न पनि बाध्य पार्छ भन्ने सोच विस्तारै नेपाली चलचित्र उद्योगमा विकास भइरहेको छ । यसको पछिल्लो उदाहरण बनेको छ- अल्पविरामअल्पविराम नारायण पुरीद्वारा निर्मित तथा निर्देशित डिजिटल सिनेमा हो । जसले नेपालमा स्वतन्त्रता र मुक्तिको आन्दोलनबारे भएका सशस्त्र आन्दोलनको विषयमा बोलेको छ ।

हामीले बच्चामा प्राथमिक शिक्षा लिँदा गुरुआमा नेपालकी भन्ने एउटा पाठ पढ्नु पर्दथ्यो । जसमा गुरुआमाले पृथ्वीनारायण शाहलाई पटकपटकको प्रयासमा नेपालको एकीकरण कसरी सम्भव छ भन्ने पाठ सिकाएकी थिइन् । लगभग त्यस्तै झल्को आउँछ, यो चलचित्रमा बूढी आमाको भूमिका देख्दा । उनले कथाको सूत्रधार बनेर पञ्चायतकालमा ओखलढुंगा काण्डमा भएको सशस्त्र द्वन्द्व, २०४६ सालको आन्दोलन र माओवादीहरुको सशस्त्र संघर्षले जनसाधारणको क्षतिका विषयमा बोलेकी छिन् ।

माओवादी-सरकार संघर्षले कसरी गाउँभरिका लोग्ने मान्छे स्वाहा भए, कसरी गाउँका गाउँ लोग्नेमान्छेहरु मुग्लान पस्नुपर्‍यो, कसरी दाजुभाइजस्ता व्यक्तिहरु मर्न र मार्न उद्दत भएजस्ता कुराहरुलाई घटना र दृश्यका माध्यमले प्रभावकारी ढङ्गमा प्रस्तुत गरिएको छ । कथानक चलचित्रलाई डकुड्रामा शैलीमा निर्माण गरिएकाले नियमित दर्शकहरुले भने यसमा उति मसला पाउँदैनन् । तर चलचित्रले प्रस्तुत गरेको विषय निकै गहन छ । जस्तो कि कर्तव्यका कारण कसरी एउटा प्रहरी आफ्नै दाजुभाइजस्ता माओवादीहरुलाई गोली हान्न बाध्य छ, कसरी एउटै घरमा माओवादी र प्रहरी शरण लिन बाध्य छन्, लडाइँमा गएको प्रहरीका परिवारको कस्तो विचल्ली हुन्छ, बिनाकारण मारिएको एउटा निर्दोषको परिवारमाथि के बित्छ - यस्ता विविध विषयमा छोटो-मीठो घोचाइ चलचित्रले प्रस्तुत गरेको छ ।

चलचित्रका निर्देशक नारायण पुरीले यस चलचित्रमार्फत् एउटा गम्भीर काम गरेर देखाएका छन् । जेम्स प्रधानको सिनेमाको ब्याकग्राउण्ड स्कोर घरिघरि 'लाउड' लाग्छ । चलचित्रमा रामचन्द्र अधिकारीको रुन्चे अभिनय निकै सान्दर्भिक छ । चलचित्रका मुख्य पात्रहरु रमा थपलिया र सुनील पोखरेल स्वभाविक लाग्छन् । तर रमाको आवाजमा धेरै बुढ्यौली खाँद्नाले आवाजको प्रभाव छाड्न अझै सकेकी छैनन् । विजय लामालाई प्रहरी अधिकृतको भूमिका सुहाएको छ । संगीतकार प्रेमराजा महतको गाइने गीत पनि समय सान्दर्भिक बन्न पुगेको छ ।

समग्रमा नेपाली चलचित्रको इतिहासमा यो एउटा पृथक् सिनेमा बनेको भने पक्कै छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Review
Related Tags:
निर्देशक नवीनता क्या बात ! ग्ल्यामर फिल्म फेस्टिबल पार्टी कन्ट्रोभर्सी अभिनेता रोचक अभिनेत्री पेज 3 रोमान्स सोच कार्यक्रम घोषणा सञ्चारकर्मी सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,