Home» Around the World »Weird and Interesting

चोरलाई चिठ्ठा

यो भाग्य भन्ने चिज पनि अचम्मकै छ । यो कुरा चाहिँ भर्खरै बैंक डकैती गर्न खोज्ने एक व्यक्तिलाई ज्याकपट चिठ्ठा परेपछि प्रमाणित भएको छ । दर्जनौँ पटक बैंक लुट्ने खोजेका एक व्यक्तिलाई जेलमै बसेको बेला १० लाख डलरको ज्याकपट चिठ्ठा परेको एपी समाचार संस्थाले जनाएको छ ।

केही व्यक्तिले जेलमा भएका र डकैतीको अभियोग खेपिरहेका ती व्यक्तिलाई यति धेरै रकम दिइनु हुँदैन भनी मुद्दा हालेका थिए । तर अदालतले उनले चिठ्ठा पारेको पैसा डकैती होइन भनी उनले त्यो पैसा प्रयोग गर्न सक्ने बताएको छ ।

अमेरिकाको दक्षिणी राज्य म्यासाचुसेट्सका तिमोथी इलियट, ५५, लाई यो चिठ्ठा परेको हो । इलियटले यस सम्बन्धमा विस्तृत रुपमा जानकारी दिन चाहेनन् । अधिकारीहरुका अनुसार अहिले उनी मानसिक स्वास्थ्य बिग्रिएको भनी डाक्टरहरुको निगरानीमा छन् ।

इलियटलाई पहिलो पटक सन् २००६ को अक्टोबरमा प्रहरीले डकैती गर्न लागेको अवस्थामा पक्राउ गरेको थियो । त्यसयता उनलाई ५ वर्षो कडा प्रहरी निगरानीमा राखिएको थियो ।

उनले यो चिठ्ठा १० डलरमा किनेका थिए । यसअघि उनले ५० हजार डलरको चेक लोटरी कमिशनबाट पाइसकेका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! माया सुन्दरी बलिउड गुगल मुद्दा मामिला मूर्ख्याइँ सेलेब्रिटी इन्टरनेट भव्यता विज्ञापन श्रीमानश्रीमती प्रविधि कीर्तिमान परिस्थिति उपाय नग्नता हलिउड फट्याइँ सेक्स
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,