Home» Around the World »Weird and Interesting

बम भनेको त भाइब्रेटर पो !


प्रहरीले बमको आशंका गरेको त सेक्स खेलौना पो परेछ ! स्वीडेनको गोटेबर्गस्थित सार्वजनिक स्थलमा एउटा पोको देखेपछि केही व्यक्तिहरुले प्रहरीलाई खबर गरे । प्रहरीले पनि बम निष्क्रिय पार्ने संयन्त्रहरु भेला पारेर त्यहाँ आइपुगे । घण्टौँको मिहिनेतपछि प्रहरीलाई थाहा भयो, त्यो बम होइन रहेछ !

त्यो त सेक्स खेलौना पो परेछ ! खासगरी महिलाहरुले प्रयोग गर्ने भाइब्रेटर भएको प्रहरीहरुले बताएका छन् ।

मेट्रो पत्रिकाका अनुसार, एउटा पोकोमा बेवारिसे अवस्थामा फ्याँकिएको थियो । त्यो पोको शंकास्पद तरिकाले हल्लिएको मात्र होइन कि अनौठो आवाज पनि निकालिरहेको थियो । यस्तो शंकास्पद चिजलाई धेरैबेर विचार विमर्श गरिरहनु पर्दैन भन्ने ठानी प्रहरीले बम विशेषज्ञहरुलाई खबर गरेको थियो ।

पूरै क्षेत्रलाई प्रहरीले कब्जा गरी बम विशेषज्ञहरुले बम डिस्पोजल मेसिन पठाए र डब्बा खोली हेर्दा त ब्याट्रीबाट चल्ने सेक्स सामग्री पो फेला पारे !

यता प्रहरीले यो सेक्स सामग्री जसको हो उसैले लैजान अनुरोध गरेको भए पनि अहिलेसम्म कसैले उक्त सामग्रीमा हकदाबी नगरेको बताएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! माया सुन्दरी बलिउड गुगल मुद्दा मामिला मूर्ख्याइँ सेलेब्रिटी इन्टरनेट भव्यता विज्ञापन श्रीमानश्रीमती प्रविधि कीर्तिमान परिस्थिति उपाय नग्नता हलिउड फट्याइँ सेक्स
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,