Home» City Life »Updates

धन्न बचियो !



सरकारले तेलको भाउ बढायो भने इनशाडटकम अपडेट हुँदैन भन्यो भने धेरैले हाँस्ने उपयुक्त माध्यम ठान्न सक्छन् । तर सत्य त आखिर त्यही हो । बिहीबार इनशाडटकममा तपाइँले समाचार अपडेट नभएको देखेर हेलचेक्र्याइँको नमूना ठान्नु भयो होला । तर कुरा त्यसो होइन ।

बुधबार बिहान जब खाना खाएर मेरो दाजु (अश्विनी कोइराला, कान्तिपुर साप्ताहिकका पत्रकार) र म घरबाट चम्चमाउँदो नयाँ मोटरसाइकलमा निस्कियौँ । (दाजुले भर्खरै होण्डाको साइन मोटरसाइकल किनेको थियो ।) बिहानैदेखि सडक-सडकमा टायर बलेका थिए । तर पत्रकारमाथि आक्रमण नहोला भनेर हामीले मोटरसाइकलमा 'प्रेस' टाँस्यौँ । मैले डिजिटल क्यामेरा पनि बोकें । ताकि विभिन्न क्रियाकलापको फोटो खिच्न सकियोस् र जनताको आक्रोश छाप्न सकियोस् ।

तर कोटेश्वरभित्रको बालकुमारीबाट मूल सडकमा आइपुग्ने बित्तिकै केही उत्ताउला केटाहरुले 'प्रेस' लेखेको कागजमाथि आक्रमण गरे । केटाहरु वरिपरि घुरुप्प भएर कसैले मोटरसाइकलमा अगाडि बसेको दाजु (अश्विनी) लाई धकेल्न थाले । जसको परिणाम मोटरसाइकल लड्न पुग्यो । केहीले आगो लगा भन्न थाले ।

म पहिल्यै ओर्लिसकेको थिएँ र उनीहरुका अघिल्तिर आएर भन्न थालेँ, "हामी तपाइँहरुकै समाचार खिच्न र लेख्न आएका । किन यस्तो गर्नुहुन्छ ?"

एउटा बोल्यो- "तँ सरकारी पत्रकार कि को होस् ? यत्रो भाउ बढेको बेला मोटरसाइकल चढेर आउने ? बन्द छ भन्ने तँलाई थाहा छैन ?" उसको मुखबाट ह्वास्स रक्सीको गन्ध आयो । यो गन्धपछि कुरा बुझ्न गाह्रो भएन, यिनीहरुको रुचि नै मान्छेसँग निहुँ खोजेर कुटपिट गर्नु र मोटरमा आगो लगाउनु हो ।

तर पनि उनीहरुलाई कुरामा अल्झाएर मोटरसाइकलमा आगो लाग्नुबाट बचाउनु पहिलो काम थियो । त्यसैले मैले हातले तिनीहरुलाई छेकेँ र केहीले थुत्न लागेको मोटरसाइकलको चाबीलाई चलाखीपूर्वक मैले फुत्त झिकें । यसपछि उनीहरुले बढी तोडफोड नगरुन् भनेर केही केटाहरुलाई पर धकेलिदिएँ । केही व्यक्तिले यत्तिकैमा मलाई केही लात प्रहार गरिसकेका थिए । उनीहरु हाम्रो कुरा बुझ्नभन्दा सरकारसँगको तुष पोख्नमा व्यस्त भएको जस्तो महसूस भयो ।

म दर्जनौँ पटक ओहोरदोहोर गर्ने त्यो ठाउँ मेरा अघिल्तिर एकै क्षणमा अनजान र विरानो महसूस गरेँ । टायरको धूँवाका कारण वरिपरिका व्यक्तिहरुको अनुहारै कालो देखिन्थ्यो । र, यस्तो लाग्थ्यो- उन्मत्तता र दायित्वहीनताका कारण यिनीहरु 'छिमेकी' कथाका पात्र हुँदै होइनन् । तर केही व्यक्तिहरु हामीलाई अझ बढी क्षत्रि्रस्त हुनबाट जोगाइरहेका थिए ।

मोटरसाइकल जोगियो भनेर हामी मख्ख पर्दै घर पुगेपछि हामीले एक अर्कालाई हेर्‍यौँ- दाजुको जिउ कालो मैलो थियो । उसले मलाई हेर्‍यो- मेरो जिउ पनि कालो मैलो थियो । हामी दुवैले मोटरसाइकलतिर हेर्‍यौँ- मोटरसाइकल पनि कालो मैलो थियो तर धेरै क्षत्रि्रस्त हुनबाट जोगिएको थियो । हामीले आफूलाई भन्दा बढी मोटरसाइकलतिर वास्ता गरेकोले मात्र आफूमाथि भएको हमलालाई बेवास्ता गरिरहेका थियौँ ।

तर अफिस आउने कुरा त्यत्तिकै हरायो, साथीभाइहरुले प्रेस विज्ञप्ति जारी गरे, एफएमले समाचारमा यो कुरा फुकेपछि छरछिमेक, आफन्त र शुभचिन्तकहरुको लामै फोन आइरह्यो ।

अब बुझ्नु भयो होला, हाम्रो देशमा पेट्रोलको भाउ बढ्दा कसरी इनशाडटकम अपडेट हुँदो रहेनछ !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
पेट्रोल अनुभव मोबाईल हल्ला समलिङगी सेलेब्रिटी awards माओवादी crisis संविधानसभा celebrity streets festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema,