Home» City Life »Updates

लडाइंमा जनता फोटो प्रदर्शनी अब पश्चिममा



पव्लिकेसन नेपालयले आफ्नो बहुचर्चित फोटो पुस्तक "लडाइंमा जनता" बाट छानिएका ६० वटा फोटोहरुको प्रदर्शनी "लडाइंमा जनता फोटो प्रदर्शनी यात्रा" यसपटक देशको पश्चिम र सुदुर पश्चिमका थप दश स्थानमा गर्ने भएको छ । दश वर्षको द्वन्दका क्रममा देशले भोग्नुपरेको भौतिक र मानवीय क्षतिका यी फोटोहरुको प्रदर्शनी मुलुकमा दिगो शान्तिका लागि जनमत जुटाउन प्रभावकारी हुने विश्वास गरिएको छ ।

माघ १५, २०६४ देखि फाल्गुण १४, २०६४ सम्म हुने प्रदर्शनी यात्रामा अघिल्ला दुइ प्रदर्शनीका प्रतिकृया र  फोटोहरु पनि समावेश गरिने छन् ।

पुस्तकका परिकल्पनाकार कुन्द दीक्षित भन्नुहुन्छ, "यस अघि २० स्थानमा भएका प्रदर्शनीको सफलताले हामीलाई थप हौस्याएको छ । प्रदर्शनी यात्राको क्रममा जनताहरुबाट प्राप्त प्रतिकृयाले द्वन्द र हिंसा रहित शान्तिपूर्ण समाजको निर्माणमा संचार माध्यमको ठूलो भूमिका रहने कुरामा हामी थप बिश्वस्त भएका छौं । त्यसैले धेरै भन्दा धेरै स्थान र जनताहरु सम्म हामी पुग्न चाहन्छौं । पुस्तकका लागि फोटोहरु उपलव्ध गराउनुहुने फोटोग्राफरहरुसंगको भेटघाट र अन्तरक्रियाबाट पनि हामीले धेरै कुराहरु सिक्ने अवसर पाएकाछौं ।"

प्रदर्शनी यात्राको तेश्रो चरण माघ १५ गते नवलपरासीको कावासोतीबाट प्रारम्भ हुनेछ र महेन्द्रनगर, डडेलधुरा, सुर्खेत, घोराही (दाङ्ग), स्याङ्गजा, वागलुङ्ग, बेनी, बेसीशहर र गोर्खा हुँदै काठमाण्डौंको नेपाल आर्ट काउन्सिल बबरमहलमा आएर टुङ्गिने छ ।

फोटो प्रदर्शनीको प्रवेश नि:शुल्क हुनेछ भने देशका बिभिन्न भागमा विद्यालय तथा पुस्तकालयहरुलाई केही प्रति पुस्तक पनि निशुल्क उपलव्ध गराउने व्यवस्था नेपालयले गरेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
events माओवादी संविधानसभा हल्ला मोबाईल awards सेलेब्रिटी पेट्रोल streets crisis समलिङगी अनुभव hi-life celebrity festival
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema,