Home» City Life »Updates

क्यानले खिँच्यो ध्यान

क्यान इन्फोटेक २००८ को मिति नजिकिँदै गर्दा दर्शकहरुको जति ध्यान खिँचिदैछ उति नै आयोजकहरु यसमा गल्ती कमजोरी नहोस् भन्ने कुरामा सचेत हुँदै आएका छन् । खासगरी, गएको साता रोजगार मेलामा भएको उग्र क्रियाकलाप नदोहोरियोस् र पर्याप्त सुरक्षा व्यवस्था कायम होस् भन्ने कुरामा आयोजक निकै सजग भएको कार्यक्रममा बताइएको छ ।

कम्प्युटर एशोसिएसन र डाइरेक्शन नेपालले शुक्रबार आयोजित एक प्रेस ब्रिफिङ कार्यक्रममा उक्त कुराको जानकारी दिएका हुन् ।

कार्यक्रममा ३ लाख ५० हजार दर्शकहरु मेला अवलोकन गर्न आउने र यस पटक अघिल्ला कम्प्युटर मेलाभन्दा आकर्षक रहने आयोजकले जानकारी दिएका छन् ।

यसमा २७९ वटा स्टलहरु रहने र क्यान इन्फो टेककै इतिहासमा पहिलो पटक मेलालाई सघाउन प्राइम पार्टनरको रुपमा लजिटेक थपिएको जानकारी दिइएको थियो । लजिटेकले कम्प्युटर एक्सेसरिज उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।

कार्यक्रममा सामसङ, नेपाल टेलिकम, कम्प्युटर व्यवसायीहरु, कलेज तथा विश्वविद्यालयहरु, सूचना प्रविधि इन्स्टिच्यूटहरु, नेटवर्क सेवा प्रदायकहरु, उत्पादन एवम् सेवा प्रदायकहरुले आफ्ना स्टल राख्ने जानकारी दिइएको छ ।

यस पटकको मेलामा जापान, कोरिया, भारतलगायतका सूचना प्रविधिसँग सम्बन्धित कम्पनीहरुले पनि भाग लिएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
events माओवादी संविधानसभा हल्ला मोबाईल awards सेलेब्रिटी पेट्रोल streets crisis समलिङगी अनुभव hi-life celebrity festival
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,