Home» City Life »Updates

भिखारीको पुल-हाउस मस्ती



रौस्याहा (रक्स्याहा वा जँड्याहाको अर्थमा होइन) भिखारीहरुको रसको पनि कुनै कमी छैन । अमेरिकाको विल्मिङटन प्रहरीले एक व्यक्तिलाई एउटा पुल हाउसभित्र छिरेर त्यहाँको पुलमा घण्टौँ मनोरञ्जन लिई त्यहीँको रक्सी पिएको आरोपमा पक्राउ गरेको छ ।

जरेमी म्याथ्यु टर्नर, २०, लाई पक्राउ गरी पुल हाउसभित्र छिरेको आरोप लगाइएको छ । प्रहरीका अनुसार उनलाई पक्राउ गर्दा बखत् उनको मुखबाट ह्वास्स रक्सी गनाएको थियो ।

पुल हाउसका मालिक एरिक राइल्याण्डर बिहान १० बजे आफ्नो पसल आइपुग्दा त टेलिभिजन खुल्लै देखे । त्यति मात्र होइन, रक्सीबारमा भएका कतिपय बोतलहरु पनि खुल्लै र रित्तै उनले पाएका थिए ।

त्यसपछि एरिक हत्तपत्त बाहिर निस्किए । उनले एउटा हेर्दै भिखारीजस्तो व्यक्ति ढुन्मुनिँदै हिँडिरहेको थियो । टर्नरलाई फुस्ल्याउँदै उनले आफ्नो कार्य कक्षमा लगे । जहाँ उनले फुल्याउँदै रातभर गरेका कामको फेहरिस्त लिए । टर्नर पनि यति दयालु पहिलो पटक भेटेको भन्दै उनले रातभरि केके काम गरे, कसरी बोतल रित्याए, कसरी पुलका गोटीहरु गोल गरे- सप्पै सप्पै बताइदिए ।

टर्नरले यति बताएका मात्र के थिए, प्रहरीको एक झुण्ड आइपुगे र टर्नरलाई जेल लिएर गए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
फट्याइँ माया सुन्दरी सेलेब्रिटी मूर्ख्याइँ भव्यता मुद्दा मामिला इन्टरनेट गुगल बलिउड विज्ञापन उपाय श्रीमानश्रीमती नग्नता कीर्तिमान प्रविधि परिस्थिति उदेकलाग्दो उदारता यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,