Home» Around the World »Weird and Interesting

धूमपान नगर्नेलाई अफिस निकाला

एउटा स्यानो कम्प्युटर कम्पनीका मालिकले तीन जना धूमपान नगर्ने आफ्ना कामदारलाई जागीरबाट निकाला गरेका छन् । धूमपान नगर्ने यी तीन जनाले आफ्ना 'बोस'लाई धूमपान नगरिदिन अनुरोध गरेका कारण उनलाई जागीर निकाला गरिएको रोयर्टस समाचार संस्थाले जनाएको छ ।

ती तीन जनाले मालिकको धूमपान गर्ने शैलीका कारण काममा व्यवधान परेको गुनासो गरेका थिए । जतिबेला पनि त्यही एउटा गुनासो सुनाइरहेका कारण 'मालिक'को कन्पारो तातेको र उनले जागीरबाट निकाला गरेको स्वीकार गरेका छन् ।

१० कामदार मात्र रहेको जर्मनीको ब्युसम शहरको यो आइटी अफिसका सञ्चालक थोमस जे. रहेको जर्मन पत्रिका ह्याम्बर्गर मोर्गेन पोस्टले जनाएको छ ।

गएको जनवरी १ देखि जर्मनीले पब, रेष्टुराँजस्ता स्थानमा धूमपान नगर्ने उर्दी जारी गरेको थियो । तर जर्मनीमा साना कार्यालयहरुमा अझै पनि धूमपान गर्न सकिने प्रावधान कायम छ ।

"म किचकिचे कामदार सहन सक्तिनँ", थोमसले पत्रिकालाई बताएका छन्- "हाम्रो धेरैजसो काम त फोनमा हुन्छ । अर्काको क्याबिनमा खाइने चूरोटले आखिर कहाँनिर तिनलाई असर गर्‍यो ? अर्को कुरा के पनि छ भने म चूरोट नपिई कामै गर्न सक्तिनँ । त्यसैले मैले आइन्दा चूरोट पिउनेलाई मात्र काममा राख्ने निर्णय गरेको छु ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
परिस्थिति यस्तो पनि ! माया सुन्दरी बलिउड गुगल मुद्दा मामिला मूर्ख्याइँ सेलेब्रिटी इन्टरनेट भव्यता विज्ञापन श्रीमानश्रीमती प्रविधि कीर्तिमान उपाय नग्नता हलिउड फट्याइँ सेक्स
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,