 |
Home» Around the World »Weird and Interesting |
प्रतिबन्ध लगाएकै दिनमा अवज्ञा
जसले जुन कुराको प्रतिबन्ध लगाउँछ, उसैले त्यो कुराको अवज्ञा गर्यो भने के होला ? सीधा उत्तर छ, त्यो व्यक्ति र कामको राम्रैसँग आलोचना हुन्छ ।
पोर्चुगलमा त्यस्तै भयो, जब स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विभागका एक प्रमुख अधिकारीले अघिल्लो दिन सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने घोषणा गरेको भोलिपल्ट उनले नै सार्वजनिक ठाउँमा सिगार खाएको भेटिएपछि उनको व्यापक आलोचना भएको छ ।
पोर्चुगलको फूड स्ट्यान्डर्ड एजेनसीका अध्यक्ष एन्टोनियो नुन्सले नयाँ वर्षो अघिल्लो दिन देशबासीको नाममा र्सार्वजनिक स्थलमा 'न्यू इयर्स रिजोलुशन'का रुपमा धूमपान नगर्न आग्रह गरेका थिए ।
तर नयाँ वर्षको उपलक्ष्यमा भएको एक पार्टीमा उनले मज्जाले धूमपान गरिरहेको पोर्चुगलको प्रख्यात दैनिक पत्रिका डायरियो डि नोटिसियासले छापेको थियो । उनले मज्जाले सिगार पिएको उक्त फोटो छापिएपछि त्यहाँ निकै होहल्ला मच्चिएको थियो ।
र्सार्वजनिक स्थलहरु जस्तो चिया पसल, रेष्टुराँ तथा रक्सी पसलहरुका अतिरिक्त जुवा अड्डामा पनि धूमपान प्रतिबन्ध लगाइएको थियो । यता स्वास्थ्य मन्त्रालयले एन्टोनियो नुन्सले गल्ती गरेको स्वीकार गरेको छ ।
स्वास्थ्य मन्त्रालयको प्रतिक्रिया आउने बित्तिकै नुन्सले चाहिँ कानून बमोजिम आफू सजाय भोग्न तयार रहेको बताएका छन् ।
| |
|
|
|
|
|
|
|
|
|
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office, |
|
|
|
|
| | | |