 |
Home» City Life »Updates |
तराइ नगई विदेशतिर !

तराइमा मच्चिएको आन्दोलनका घाइतेहरुका लागि २५ लाख रुपियाँ दिने घोषणा गरी वाहवाही कमाएका कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ सांस्कृतिक कार्यक्रम बोकेर अहिले हंगकंग पुगेका छन् ।
मधेशको आन्दोलन चरमचुलीमा पुगेको बेला त्यहाँका घाइतेहरुका लागि राहतको प्याकेज राजधानीमा घोषणा गरेका हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ तथा नागरिक समाजका अन्य सदस्यहरुले तराइका घाइतेहरुलाई भेट्न स्थिति साम्य भएपछि जाने घोषणा गरेका थिए । तर आफ्नो वचन पूरा नगरी मह जोडी र अन्य कलाकारहरु हंगकंग पुगेका हुन् ।
एक साता लामो सांस्कृतिक भ्रमणमा मदनकृष्ण र हरिवंश आचार्यबाहेक सविन राई, क्रान्ति आले, दिव्य सुब्बा र जितु नेपाल पनि गएका छन् ।
हुन त वाचा गर्ने र त्यो वाचा पूरा नगर्ने राजनीतिक नेताहरुको पुरानो धर्म रहिआएको छ । नेताहरुले वचन पूरा नगरे नेताहरु यस्तै त हुन् नि भनेर हामीले त्यसलाई साधारण रुपमा लिन्छौँ । तर कलाकारहरुले वचन दिएपछि पूरा नगरेको अहिलेसम्म नदेखिएकाले महबाट यसरी मधेशका जनतालाई दिएको वचन पूरा नगरेकोमा केही व्यक्तिहरुले खल्लो महसूस गरेका छन् । मधेश आवाज पत्रिकाका मनोज साहले भने- "महजस्ता ठूला कलाकारहरुले त्यस्तो गर्नु हुँदैनथ्यो ।"
मधेशी जनअधिकार फोरमले सरकार वार्ताप्रति गम्भीर नभएको आरोप लगाउँदै पुनः आन्दोलनको घोषणा गरेको छ । यो आन्दोलनमा पुनः घाइते हुनेहरुका लागि अर्को घोषणा पनि हंगकंगबाट नै गर्ने हो कि महज्यू ! | |
|
|
|
|
|
|
|
|
|
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office, |
|
|
|
|
| | | |