Home» Around the World »Weird and Interesting

बसमा बाइबल पढ्दा घोक्राइयो

अमेरिकाको डलासस्थित एउटा बसमा यात्रा गरिरहेकी एक महिलालाई बेस्सरी बाइबल पढेर सुनाएको अभियोगमा बसबाट घोक्र्याएर निकालिएको केटीभीटी टीभीले जनाएको छ । ती महिलाले आफूलाई बाइबल पढेकै कारणले होच्याइएको र भेदभाव गरिएको उनले आरोप लगाएकी छिन् ।

सेभेन्थ डे एडभेन्टिस्ट नामक इशाईहरुको एउटा समूहकी कार्यकर्ता क्रिस्टिन लच आफ्ना सन्तानहरु सहित चर्च जान भनेर त्यो बसमा चढेका थिए । बसमा चढेकी मात्र के थिइन्, लचले आफ्ना छोराछोरीहरुलाई बाइबल पढेर सुनाउन थालिन् ।

छेउका चालकलाई बाइबलको पढाइ निकै दिक्क लाग्दो मात्र लागेन, उनको कन्सिरीसमेत तात्यो । तब चालकले उनलाई बाइबल बेस्सरी नपढ्न आग्रह गरे । केही क्षण त उनले विस्तारै पढिन्, तर फेरि उनको पढाइको स्वर तीव्र हुँदै आएपछि उनलाई चालकले फेरि चूप लागेर बस्न या त बसबाट उत्रिन आग्रह गरे ।

चालकको कुराले आफ्नो कन्सिरी तातेपछि लचले बाइबल अझ बेस्सरी पढेर छोराछोरीलाई सुनाउन थालिन् । यसबाट क्रूद्ध भएको चालकले कन्डक्टरलाई बोलाएर यी बाइबल पढाकूलाई गाडीबाट उतार्न आदेश दिए । कन्डक्टरले पनि चालकको आज्ञापालन गर्दै तिनलाई गाडीबाट उतारिकन छाडे ।

यो घटनाबाट क्रूद्ध भएकी लचले बस सञ्चालक कम्पनीका विरुद्ध मुद्दा हालेकी छिन् । तर यता द टि्रनिटी रेलवे एक्स्प्रेस बस सर्भिसका प्रतिनिधि जोन हन्टरले टेलिभिजनलाई भने- "जो बेस्मारी हल्ला गर्छ, उसलाई चूप लगाउनु वा चूप लाग भन्नु मान मर्दनको कुरा होइन । ज्यादै ठूलो स्वरले उनले हल्ला गरेका कारण बस चालकको ध्यान कन्द्रित भइरहेको थिएन । त्यसैले उनलाई त्यहाँबाट ओराल्नु ठूलो कुरा होइन ।"

बरु उनले ठूलो स्वरले बाइबल पढ्नु हुन्थ्यो कि हुने थिएन ? तपाइँलाई चाहिँ कस्तो लाग्छ ?

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: