Home» Around the World »Weird and Interesting

'फ्राइडे'का विरुद्ध मुद्दा



गर्नु त गर्नु अति चाहिँ नगर्नू ! शायद यस्तै महसूस भएको हुँदो हो इटालीका न्यायाधीशलाई । त्यसैले त उनीहरुले 'फ्राइडे'लाई प्रतिबन्धित गर्ने निर्णय गरेका छन् । तर तपाइँले सोचेजस्तो यो 'शुक्रबार'लाई प्रतिबन्ध लगाउने र सीधै बिहीबारबाट शनिबार आउने चाहिँ होइन ।

एपी समाचार संस्थाका अनुसार न्यायमूर्तिहरुले बारलाई भन्दा पनि व्यक्तिलाई प्रतिबन्ध लगाएका हुन् । इटालेली जनताहरुमाझ बच्चाको नाम 'फ्राइडे' निकै लोकप्रिय छ । पछिल्लो समयमा हरेक पाँचमध्ये दुइ जनाको नाम यही रहन गएपछि र नयाँ बालबालिकाहरुमध्ये एक जनालाई बोलायो भने तीन जनाले 'हजुर' भन्न थालेपछि न्यायमूर्तिहरुले पनि 'फ्राइडे' नाममाथि छड्के नजर लगाउन थालेका हुन् ।

त्यसो त ड्यानियल डेफोको उपन्यासका प्रख्यात पात्र रबिन्सन क्रूसोलाई इटालेलीहरु आफ्नो भाषामा यही नामले चिन्दछन् । तर समस्या कहाँनिर आइपुग्यो भने रबिन्सनजस्ता वीरता र हिम्मतका प्रतिमूर्तिको नाम चाहिँ कहिलेकाहीँ लुरे र हुति नभएका बालबालिकाको नाम बन्न पुग्छ । यस्तो अवस्थामा न्यायाधीशहरुले के सोचे भने, यस्तो नामले ती बालबालिकाहरुलाई गिज्याउने र तिनको खिल्ली उडाइने गरिन्छ । यस्तो खिल्ली उडाउने कार्य रोक्नका लागि उनीहरुले नाम नै नराख्न उर्दी जारी गरेका थिए ।

अचम्म त के छ भने गएको सेप्टेम्बर ३, २००६ मा जन्मिएका एक बालकको नाम भेनर्डी पो राखियो । भेनर्डीको अंग्रेजी अर्थ 'फ्राइडे' हुन्छ । तर मारा र रोबर्र्टो जर्मानोका यी बालक वास्तवमै शुक्रबार चाहिँ जन्मिएका थिएनन् । आइतबार जन्मिएका भए पनि उनका बा-आमालाई नाम मन पर्‍यो- 'फ्राइडे'। "उपन्यासको पात्र भन्दा पनि फूर्सदिलो दिनलाई सम्झिएर हामीले उसको नाम राखेका थियौँ", माराले भनिन्- "तर यहाँ त न्यायाधीशहरुले नै पो अंकुश लगाइदिए ।"

यो निर्णय गएको नोभेम्बर महिनामा भएको थियो । त्यस नाउँलाई 'हाँस्यास्पद र लाजमर्दो' नामका रुपमा व्याख्या गरिएकाले केही अभिभावकहरुले यसका विरुद्ध पुनरावेदन गर्ने भएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
श्रीमानश्रीमती मुद्दा मामिला भव्यता माया नग्नता विज्ञापन यस्तो पनि ! सुन्दरी इन्टरनेट सेलेब्रिटी बलिउड उदेकलाग्दो प्रविधि सेक्स जनावर मूर्ख्याइँ उदारता गुगल हलिउड फट्याइँ
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल