Home» Around the World »Weird and Interesting

रेड कार्डको सट्टा बन्दूक पड्काउँदा



फूटबल खेल भइरहेको बेला मूलतः खेलाडीहरु अनुशासित भएर खेल्नु पर्छ भन्ने कुरा त विश्वव्यापी मान्यता नै हो । तर जब यो मान्यताबाट खेलाडीहरु नै बाहिरिए भने रेफ्रीले के गर्ला भन्ने सोच्नु हुन्छ भने मलेसियाली एक स्थानीय खेलमा रेफ्रीले चालेको कदमबाट पाठ सिक्नु होस् ।

मलेसियाको एक स्थानीय खेलमा खेलाडीहरु तँछाड र मछाड गर्दै खराब खेल खेल्न थाले । रेफ्रीको कन्सिरी तात्यो । उनले कतिलाई चेतावनीस्वरुप पहेँलो कार्ड पनि देखाए । तर त्यतिले मात्र पुगेन । एउटालाई त उनले रातो कार्ड पनि देखाए । तर यसपछि त खेलाडीहरु मानौँ अनुशासनको खिल्ली उडाउन खेल खेलिरहेका थिए ।

एउटाले अर्कोलाई छिर्की हान्ने, अर्कोले अर्कोलाई लात मार्ने, धकेल्ने- यस्तो देखेपछि रेफ्रीले आफ्नो गोजीमा भएको बन्दूक निकालेर हावामा पड्काइदिए ।

आफैँ प्रहरी रहेका ती रेफ्रीले खेल मैदानमा अनुशासनको गतिलै उपहास भएको पाएपछि दौडिएर उनी आफ्नो कारमा छिरे । घुमन्ते कारभित्र रहेको उनले आफ्नो बन्दूक झिके र जस-जसले छिर्के लाउने, धकेल्ने काम गरिरहेका थिए र झगडा गर्न उद्दत थिए, तिनमाथि बन्दूक तेर्‍स्याए अनि हावामा गोली हाने । यो खबरलाई न्यू स्ट्रेट्स टाइम्सले मंगलबार छापेपछि अहिले प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

"ती रेफ्रीले किन र केका लागि बन्दूक निकालेर हावामा फायर गरे, यस सम्बन्धमा अनुसन्धान भइरहेको छ । यो काम चाहिँ किन खेल भइरहेकै बेला भयो यसको चित्तबुझ्दो जवाफ ती प्रहरीले दिनु पर्छ", दक्षिणी प्रान्त जोहोरका प्रहरी प्रमुख हुसिन इस्माइलले बताए ।

अहिले ती प्रहरीलाई हिरासतमा राखिएको छ । उनलाई हतियारको दुरुपयोगको अभियोग लगाइएको छ ।

यति मात्र होइन, खेलको क्रममा झैँझगडा गर्ने २३ देखि ४० वर्षउमेरका पाँच खेलाडीहरुलाई पनि प्रहरीले र्सार्वजनिक मुद्दाका लागि पक्राउ गरेको अखबारले जनाएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
फट्याइँ सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति मुद्दा मामिला उदारता नग्नता मूर्ख्याइँ विज्ञापन भव्यता हलिउड गुगल सेक्स कीर्तिमान उदेकलाग्दो उपाय
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,