Home» Around the World »Weird and Interesting

अमेरिकी राष्ट्रपतिसँग भेट्न खोज्दा



आइसल्याण्डका एक टीन एजरले ह्वाइट हाउसमा फोन गरी आफू आइसल्याण्डका राष्ट्रपति भएको र अमेरिकी राष्ट्रपति जर्ज डब्लु. बुसलाई भेट्न चाहेको भन्दै भेट्ने समय माग्न सफल भएको भेद खुल्न आएको छ । राष्ट्रपति बुसले पनि उनलाई समय दिन राजी भएको तर कहिले भेट्ने तय हुनुभन्दा अघि नै उनले ह्वाइट हाउसलाई गिज्याएको थाहा पाई प्रहरीले पक्राउ गरेका छन् ।

"मैले गरेको फोनलाई राष्ट्रपति बुसका निजी सचिवले उठाए । उनले मेरो फोनलाई होल्डमा राखे र बुसलाई सोधे, तपाइँसँग आइसल्याण्डका राष्ट्रपति फोनमा कुरा गर्ने रे ! के गरौँ - उनले चाहिँ सोमबारको समय मिलाऊ भनेर जवाफ दिएका थिए", गर्वका साथ ती टीन एजर भिफिल एटलसन, १६, ले रोयर्टस समाचारलाई बताए ।

"गएको डिसेम्बर पहिलो तारिखमा एक जना व्यक्तिले राष्ट्रपतिको निजी निवासमा फोन गरेर आफूलाई आइसल्याण्डका राष्ट्रपति ओलाफुर रेग्नर ग्रिमसन भएको बताउँदै राष्ट्रपति बुससँग कुरा गर्न चाहेको थियो", ह्वाइट हाउसका प्रवक्ता दाना पेरिनोले भनिन्- "तर बुसको व्यस्तताका कारण त्यसबेला सम्भव भएको थिएन ।"

तर अर्को पटक समय मिलाउनुअघि नै भिफिलको घरमा आइसल्याण्डका प्रहरी उनकै ढोकामा टुप्लुक्क आइपुगे र प्रहरी कार्यालयमा लिएर गए ।

"आइसल्याण्डिक प्रहरीका नेशनल कमिस्नरले मैले राष्ट्रपति बुसको नम्बर कसरी फेला पारेँ भनेर सोध्न बोलाएका थिए । त्यो चाहिँ अमेरिकी जासूसी संस्था सीआईएका अधिकारीहरुले सोधिदिन आग्रह गरेका रहेछन्", टीनएजर भिफिलले बताए । तर त्यो नम्बर आफूले कहाँ र कसरी पाएको ठ्याक्कै ठम्याउन सकेनन् ।

"अमेरिकी राष्ट्रपति बुसको नम्बर मेरो मोबाइलमा गएको चार वर्षेखि थियो । तर कुन साथीले मलाई दिएको चाहिँ ठ्याक्कै पत्तो लगाउन सकिनँ । किनभने यो लिएको पनि धेरै अघिको कुरा हो", उनले स्पष्टोक्ति दिए ।

त्यसो त ह्वाइट हाउसकी प्रवक्ता दानाको भनाइमा यस किसिमको फोन जसले पनि गर्न सक्ने र भिफिलले त्यही र्सवसाधारणको पहुँचमा हुने फोनबाट गरेका थिए । उनले गरेको फोन विशेष किसिमको थिएन, न त ज्यादै गोप्य नम्बर नै थियो ।

यता आइसल्याण्डका राष्ट्रिय प्रहरी प्रधान कार्यालयका मुख्य सुपरिटेण्डेन्ट जोन बिजारमार्रजले चाहिँ यदि ती टीन एजरले साधारण फोनमा राष्ट्रपतिलाई फोन गरेका भए किन पक्राउ गरेको र यसमा सीआईएको यत्रो चासो किन रहेको भन्ने विषयमा चाहिँ बताउन चाहेनन् ।

"जहाँसम्म हामीलाई थाहा छ, भिफिललाई साधारण सोधपुछ मात्र गरिएको हो । अमेरिकी पक्षबाट यस विषयमा गम्भीर कुराकानी चाहिँ भएको छैन न त उनीहरुले यसलाई गम्भीर नै बनाउन चाहेका छन् । त्यसो त भिफिलको यही फोनका कारण उनलाई कुनै पनि किसिमको कारवाही गरिएको पनि त छैन !" जोनको भनाइ थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! माया सुन्दरी बलिउड गुगल मुद्दा मामिला मूर्ख्याइँ सेलेब्रिटी इन्टरनेट भव्यता विज्ञापन श्रीमानश्रीमती प्रविधि कीर्तिमान परिस्थिति उपाय नग्नता हलिउड फट्याइँ सेक्स
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship,