Home» Around the World »Weird and Interesting

असल चालकलाई कफी पुरस्कार

अमेरिकी सडकमा तपाइँ गुड्दै हुनुहुन्छ भने अकस्मात तपाइँले ट्राफिक प्रहरीबाट पुरस्कार स्वरुप कफी पाउन सक्नु हुन्छ । यस्तो जाडोमा तातो कफीको स्वाद तिनले त्यसै खुवाएका भने होइनन् ।

यहाँका अधिकारीहरुले धेरै अध्ययनपछि के अनुभव गरे भने चालक र ट्राफिक अधिकारीहरुबीच राम्रो सम्बन्ध विकसित हुन ज्यादै जरुरी छ । अझ चालकहरुले त ट्राफिक भनेपछि नाक खुम्च्याउने कुरा नौलो रहेन ।

यस्तो अवस्थामा प्रहरी र चालकहरुबीचको सम्बन्धलाई गाढा बनाउन यस पटकको छुट्टकिा बेलामा प्रहरीहरुले सुमधुर नाता कायम गर्न कफी पुरस्कारको अवधारणा अघि सारेका हुन् । "यसले चालकहरुलाई अझ बढी जागरुक हुन अभ्रि्रेरित गर्लाजस्तो लाग्यो", सेक्रामेन्टो ट्राफिक प्रहरी इकाईका अधिकारीले बताए ।

यस पटक यी ट्राफिक प्रहरीले शहरका असल चालकहरुलाई भेला पारे । तिनलाई कफी खुवाए अनि कार्यक्रमको समापनपछि तिनलाई एक-एक वटा शुभकामना कार्ड पनि दिए । यो कार्डको मोल पाँच डलर पर्छ ।

यसका लागि चाहिने रकम स्थानीय व्यापारी र व्यवसायीहरुले योगदान गरेका छन् । यो रकमले शहरभरिका मोटर चालकहरुलाई कफी खुवाउन र तिनलाई कार्ड दिन पुग्ने अधिकारीले बताएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! माया सुन्दरी सेलेब्रिटी मुद्दा मामिला मूर्ख्याइँ गुगल इन्टरनेट बलिउड भव्यता विज्ञापन नग्नता श्रीमानश्रीमती प्रविधि कीर्तिमान परिस्थिति फट्याइँ उदेकलाग्दो उपाय हलिउड
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,