Home» Cinema »Feature

निरुता अब मुम्बै जाने

केही समयअघिसम्म नम्बर एक नायिकाका रुपमा परिचित निरुता सिंहसँग अहिले गिनेचुनेका चलचित्र मात्र छन् । उनीसँग अहिले तुलसी घिमिरेको 'देश' बाहेक अन्य चलचित्र छैनन् । यसअघि उनको एउटै मात्र चलचित्र 'डर'को सम्पूर्ण काम सकिइसकेको छ । 'देश' को काम सकिइसकेपछि उनी अब मुम्बई जाने भएकी छिन् ।

इनशाडटकमसँग 'देश'को सुटिङस्थलमा कुरा गर्दै भनिन्- "अभिनयका लागि चाहिँ म जान लागेकी होइन ।" त्यसो भए उनी केका लागि मुम्बई जाँदै छिन् त ? यो प्रश्न तपाइँको मनमा पनि उठिरहेको छ भने त्यो प्रसङ्गमा छिर्नुअघि तपाइँहरुलाई एउटा जानकारी चाहिँ दिइहालौँ ।

'देश'मा एउटी प्रखर नायिकाको रुपमा उनलाई उभ्याइएको छ । तर उनी त्यत्तिमा मात्र सन्तुष्ट भने छैनन् । सुटिङका अवधिमा उनले प्रायः कला निर्देशकका रुपमा काम गरिरहेकी छिन् । (नाम कसको आउँछ, त्यो चाहिँ पछि नै थाहा होला ।) सुटिङका बेला चाहिने सरसामानको सूचि बनाउने, तिनलाई क्यामेराको फ्रेममा आउने तरिकाले मिलाउने आदि काम उनैले गर्दै आइरहेकी छिन् । (तश्वीर हेर्नुहोस् ।)

"मलाई पहिलेदेखि नै 'इन्टेरियर डिजाइन'मा निकै रुचि थियो । यही रुचिका कारण तुलसी दाइका धेरै सिनेमाहरुमा मैले यस्ता सानातिना सबै काम गर्दै आइरहेकी छु", मुम्बई जाने कारण खोतल्दै उनले भनिन्- "अब यही विषयमा आधिकारिक ज्ञान लिने विचारमा छु ।" यो विषयमा ६ महिने शिक्षा दिइँदै आएकाले आफ्नो कामलाई खासै असर नपर्ने उनले बताएकी छिन् ।

हुन पनि उनको डिजाइनमा रुचि कस्तो रहेछ भने, (मैले आफ्नै आँखाले देखेको) अव्यवस्थित रहेका मयूरका प्वाँखहरुलाई उनले निकै राम्रो 'लुक' दिन सफल भइन् । अर्को एक दिनको सुटिङमा उनको आफन्तको घरमा त्यत्तिकै रहेका काठका खरायोहरुलाई घाँस हालिदिएर वास्तविक नै हुन् कि भन्ने भ्रम पैदा गर्न सफल भइन् ।

उनको यो रुचि फूर्सदिला दिनमा आम्दानीकै श्रोत पो बन्छ कि !

 

 

- अच्युत कोइराला

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
हल्ला अभिनेत्री अभिनेता सेलेब्रिटी समारोह रिलिज सेक्स प्रविधि सुटिङ पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,