Home» Television »Feature

१ से १ उज्ज्वल



'उज्जु डार्लिङ'को सफलतापछि टेलिभिजनमा उज्ज्वल भण्डारीको अर्को धमाका जारी छ । कान्तिपुर टेलिभिजनमा बिहीबार ७:३० मा प्रसारण भइरहेको '१ से १' को चर्चा अहिले चुलिँदो छ ।

बजारमा अहिले हास्य श्रृङ्खलाहरुको भीड छ । टेलिभिजनहरुले पनि हास्य श्रृङ्खला भनेपछि हात हातै किन्ने गरेका छन् । विज्ञापनदाताहरुले पनि तिनलाई विज्ञापन दिन कञ्जुस्याइँ गर्दैनन् । त्यसैले अहिले हास्य श्रृङ्खलाको बाढी नै आएको छ । "अहिलेको अवस्थामा कुनै सिरियल आउनु ठूलो कुरा होइन, तर टिक्नु र मनोरञ्जन दिलाउनु ठूलो कुरा हो", एक से एकका निर्माता तथा कलाकार उज्ज्वल भण्डारीको भनाइ छ ।

बजारमा देखिएका कमेडी सिरियलहरु 'चीप' पनि छन् । तर एक से एक त्यो भीडमा अलग देखाउन सफल भएका छन् । श्रृङ्खलालाई प्रदीप भट्टराईले निर्देशन गरिरहेका छन् ।

तीतो सत्य, मेरी बास्सै जस्ता नेटीभीका केही श्रृङ्खलाजस्तो चालु राजनीतिक वा सामाजिक विषयवस्तुमा व्यङ्ग्य गरिरहेका बेला यसले चाहिँ बढी समाजका कुरीतिमाथि व्यङ्य गरिरहेको छ । "कुनै घटनाबाट हामीले दर्शकहरुलाई सचेत बनाउने काम गरिरहेका छौँ," उज्ज्वलको भनाइ छ- "जस्तो कि एउटा भाग घूसको लेनदेनसबन्धी छ । यसले घूसको नकारात्मकता र देशलाई यसले पार्ने प्रभावका बारेमा हास्य किसिमले प्रस्तुत गरिएको छ । जुन हेरेपछि धेरैको अक्कलमा घाम लाग्न सक्छ ।"

वर्ल्ड भिजनको प्रस्तुतिमा कान्तिपुर टेलिभिजनले प्रसारण गरिरहेको यस श्रृङ्खलामा उज्ज्वल भण्डारी, राजु भुजु, सेबिना, सुदीप बासकोटा, शिरोमणि दवाडी आदिको अभिनय हेर्न सकिनेछ ।

करेन्ट अफेयर हामी किन देखाउँदैनौँ भने यसको रिसेल भ्यालु हुँदैन । युनिभर्सल सब्जेक भयो त्यो । हरेक कुरा सरकारको सकारात्मक कुराहरु पनि देखाउँछाै ।

कार्यक्रमको लोकप्रियता अहिले बढिरहेकोमा सन्तोष व्यक्त गर्छन्, उज्ज्वल । "यही चिज नेटीभीमा आएको भए व्यापक चर्चा हुन्थ्यो होला, तर कान्तिपुरको पनि 'मह'पछि सबैभन्दा बढी हेरिने श्रृङ्खलामा गनिन पाएकोमा सन्तुष्ट छु", उज्ज्वल बताउँछन् ।

धेरै श्रृङ्खलाका कथा छैनन् । मुख कुच्याएर दर्शक हँसाउने कुराका विरोधी भएका हुनाले पनि एउटा विशेष कथालाई गुँथेर उनले दर्शकलाई हसाइरहेका छन् । जसमा लक्ष्मीप्रसाद नामका लोभी र छोट्टा घरबेटी बा र उनको घरमा डेरा बस्न आइपुगेका डेरावाल दिलबहादुरबीचको कथा अगाडि बढाइएको छ । लक्ष्मीप्रसाद कतिसम्म कञ्जुस छन् भने, उनको घरमा डेरा बस्ने जोकोहीलाई नुहाउन १ बाल्टिन पानी, पूरै घरमा एउटा मात्र बाथरुम, लुगा धुनका लागि २ बाल्टिन पानी दिने चलन छ । कहिलेकाहीँ पखाला चले १ लिटर पानी सित्तैमा दिने र अलि बढी विरामी हुँदा सिटामोल खान १ गिलास पानी सित्तैमा दिने चलन छ । यस्तो घरमा डेरा बस्न आइपुग्नेहरुको कथालाई रोचक पारामा पस्किरहेका छन् ।

रोचक त के हुन्छ भने उनको डेरावाल दिलबहादुर (राजु भुजु) लक्ष्मीप्रसादको कार्यालयका हाकिम हुन् र लक्ष्मीप्रसाद चाहिँ त्यस कार्यालयका टाइपिस्ट ! दिलबहादुरले घरमा पाएको सास्तीको बदला यहीँ अफिसभित्र लिने गर्छन् ।

श्रृङ्खलाको लोकप्रियता बढ्दै जाँदा यसको कथा झन् रोचक बनाउने तयारीमा छन् निर्माता भण्डारी । "अब हामी गाउँ जाने तयारीमा छौँ । कथा गाउँ लगेपछि अझ रोचक र दर्शकहरुलाई मरिमरि हँसाउन सकिन्छ भन्ने हामीलाई लागेको छ", योजना सुनाउँदै उनले थपे ।

तपाइँले कतै छुटाउनु भयो कि ?

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
श्रृङ्खला हल्ला र वास्तविकता भीडबाहिर अभिनेत्री रियालिटी शो निर्माता अभिनेता नयाँपन रमाइलो विदेशमा भित्री कुरा
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country