हिट्स अवार्डः तीता कुरा
- अच्युत कोइराला

Click here for more photos»
पछिल्लो समय नेपालमा सङ्गीत अवार्डले आफ्नो रङ गुमाउँदै जान थालेको छ । यसको रौनक र प्रतीक्षा वर्षभरि नै हुने गर्दथ्यो । चाहे त्यो हिट्स अवार्ड होस् या इमेज अवार्ड ! तर वास्तविक सङ्गीतको सम्मान कम र द्रव्य मोह ज्यादा देखिन थालेपछि यसको रौनक घट्न थालेको महसूस सङ्गीत उद्योगले गर्न थालेको छ ।
केही व्यक्तिहरु जो अवार्डलाई सङ्गीतको सम्मान भन्दै सङ्गीतका स्टारहरुको अनुहार बेचिरहेका छन् । जस्तो कि यस पटक हिट्स एफएम म्युजिक अवार्डले कार्यक्रमको बीचमा 'स्प्रिङउड फेशन शो' गर्यो । सिर्जनात्मकतामाथि व्यवसायिकताको निर्लज्ज हस्तक्षेप यसलाई मान्न सकिन्छ ।
जब अवार्डको घोषणा भयो, यसले गर्न खोजेका केही कुराबाट दर्शकहरु अत्यन्त उत्साहित थिए । जस्तो कि स्व. दिव्य खालिङप्रतिको श्रद्धासुमन ! अघिल्ला वर्षहरुमा यस्तो श्रद्धा सुमन नयाँ गायकगायिकाहरुलाई निम्त्याएर स्वर्गीय आत्माका युग हाँक्ने गीत गवाइन्थ्यो । तर यस पटक त्यस्तो भएन, भिडियोमा गीत बजाइयो र स्वर्गीय दिव्य खालिङ पत्नीको असरहीन भाषण सुनाइयो ।
लाइफटाइम एचिभ्मेन्ट अवार्डका लागि यस पटक माणिकरत्न तुलाधरलाई सम्मानित गरियो । प्रत्यक्ष प्रसारण भइरहेको बेला सम्मानित व्यक्ति तुलाधर वाल्ल परेर अब के गर्ने भन्ने दोधारमा हुँदासमेत आयोजकहरुको उपस्थिति देख्न नपाउँदा खल्लो महसूस हुनु स्वाभाविक हो ।
केही समयअघिसम्म ताल म्युजिकका कुनै पनि एल्बमले हिट्स अवार्डमा नामाङ्कन पाउँदैनथिए । त्यसको मुख्य कारण थिए, हिट्स एफएमका पूर्व कार्यक्रम संयोजक दिपेश श्रेष्ठ । भनिन्छ, लेनदेनको विवादका कारण उनले ताल म्युजिकका कुनै पनि एल्बमलाई प्रविष्टी लिने गर्दैनथे । जसका कारण ताल म्युजिक र हिट्स एफएमबीच पानी बाराबारको स्थिति थियो । यही कारण थियो, दिपेशकिशोर भट्टराईका दुइ हिट एल्बम 'फर एभर' र 'फर्च्र्युन'का गीत सर्वप्रिय रहे पनि उनी नामाङ्कनमा समेत परेका थिएनन् । तर यस पटक ती सबै कुराको भरपाई भएको महसूस भयो, जब ताल म्युजिकबाट बजारमा आएको 'गायक' एल्बमबाट कर्मा ग्याल्जेन बमजनले चार/चार वटा अवार्ड थापे । मेची पारिका यी स्रष्टाले पाँच विभिन्न विधामा नामाङ्कन पाएका थिए । यसै गरी, दिपेशकिशोरले अघिल्ला वर्षहरुको भरपाईबापत 'आँखा जुधाएर...' गीतबाट अवार्ड हात पारे ।
हिट्स अवार्ड यस पटक उदेश श्रेष्ठको 'फ्लप' एल्बममाथि बढी नै उदार भएको (विभिन्न ५ विधामा नामाङ्कित) आरोप यसको नामाङ्कनकै बेलादेखि चर्चा चलेको थियो तर यसको बचावटका लागि अवार्ड आयोजकले उनको होचो कदभन्दा गायकीको शैली हेर्न सुझाव दिएका थिए । आलोचना भइरहँदा उनले ती पाँचबाट एउटा पनि अवार्ड हात पार्न सकेनन् ।
यस पटकको अवार्ड नामाङ्कन हेर्दा कस्तो महसूस हुन्छ भने या त राम्रा गायकहरु सबै दुलो पसिसके या त तिनीहरु बेवास्ताको शिकार भए । बेवास्ताको शिकार भए भन्न पनि गाह्रो किन छ भने राम्रा गीतकै लागि आयोजन गरिएको हो यो अवार्ड । हुन पनि लहरैसँग गायकगायिकाहरु विदेशमा ओत लाग्न थालेपछि तिनलाई सम्मान गर्नुको औचित्य पनि समाप्त नै हुन्छ । त्यसैले यहीँ भएका र संघर्ष गर्दै गरेका नयाँ अनुहारहरुलाई अवार्ड दिनु बाध्यता नै बनिसकेको छ अवार्डहरुको ।
यस्ता विविध कारणहरुले हिट्स एफएम म्युजिक अवार्ड मात्र होइन, राष्ट्रमा भएका अन्य अवार्डहरु पनि रेडियो वा भिडियो काउन्टडाउनमा सीमित हुन पुगेका छन् । त्यसैले देशका अवार्डहरुले आफ्नो रौनक र पुरानो गौरव विस्तारै गुमाउँदै जान पो थालेको हो कि भन्ने आशङ्का जन्मिन थालेको छ ।
CLOSE UP 11TH HITS FM MUSIC AWARDS, 2064
WINNERS
BEST NEW ARTIST
1. Alpa' Biram
2. Karma Bomzon (Winner)
3. Razeen Pandey
4. Reshma Sunuwar
5. Sapan Shrestha
BEST SONG IN A FOREIGN LANGUAGE
1. Wild flower - Atharva
2. Runaway - Arya Saurav
3. Imagine rainbow in Kathmandu - Mukut
4. Loneliness dies - Puja Rai
5. In my head/ In my heart - Robin N the new Revolution (Winner)
BEST MUSIC VIDEO
1. Alok Nembang - Ankha bhari ashu kina (Winner)
2. Amrit - Eeuta Chiti
3. Arun Pradhan - Suna hai saathi
4. Imna - Timilai
5. Rakesh Kayestha - Prathana
BEST ROCK COMPOSITION
1. Swargadapi Gariyashi - 1974 AD (Winner)
2. Timro sindur - Firoz Syangden
3. Bir gorkhali - Karma Bamjan
4. Kasto rahecha bato - Lochan Rijal
5. Ke chahanchau - Udesh Shrestha
BEST POP COMPOSITION
1. Aankha Judhaera - Deepesh Kishore Bhattarai
2. China jana bhaya pachhi - Karma Bomzan (Winner)
3. Ayei ayei ayei - Nabin K Bhattarai
4. Khaas ta kehi chhaina - Pramod Nirwan
5. Timi sundar - Varat Sitaula
BEST COMPOSITION
1. China jana bhaya pachhi - Karma Bomzan (Winner)
2. Dekhchu feri - Shakti Ballav
3. Khas ta kehi chaina - Pramod Nirwan
4. Salala - Milan Moktan
5. Ke chahanchau - Udesh Shrestha
BEST ARRANGEMENT
1. 1974 AD - Swargadapi Gariyashi
2. Manohar Sunam - Dekhchu feri
3. Fanindra Rai - Khaas ta kehi chhaina
4. Fanindra Rai - Salala (Winner)
5. Sanjay Shrestha - Nashalu
BEST SONG ORIGINALLY RECORDED FOR A MOTION PICTURE SOUNDTRACK
1. Bharosa - Chaubandi ma - Suresh Adhikari
2. Bintipatra - Mayaluko Deshma - Rameshwore Burlakoti
3. Himmat - Mero Kalpana - Mahesh Khadka (Winner)
4. Nepal - Maya ko mitho tirsana - Shambhujet Baskota
5. Takdir - Mai mori lai - Mahesh Khadka
BEST VOCAL COLLABORATION
1. Raju Lama and Yogita Yonzon - Ustai Ustai
2. Ram Krishna Dhakal and Sapna Shree - Ujyalai Ujyalo
3. Ram Krishna Dhakal and Sneha Pant - Maya garne ko
4. Satya and Swaroop Raj Acharya - Nashalu
5. Uday and Manila Sotang - Mathi Mathi lekaima (Winner)
BEST PERFORMANCE BY A GROUP OR DUO WITH VOCAL
1. 1974 AD - Madhumasta (Winner)
2. Atharva - Bahaki Hera
3. Mantra - Himlai Nepali
4. Mongolian Heart and Yogita Yonzon - Usstai Usstai
5. The Axe - Euta chiti ko sahara le
FOLK RECORD OF THE YEAR
1. Murali bajyo tiriri - Prem Moktan
2. Daiko Sali - Hari Lamsal and Sindhu Malla
3. Ram saili - Mahesh Budhathoki and Satya Kala Rai
4. Selo Juhari - Megh Dong, Prem Moktan, Indira Lama and Sashikala Moktan
5. Paisa jhare maruni - Naveen Khadka, Pushtka Khaka, Balaram Samal, Manju Samwahamphe (Winner)
FOLK ALBUM OF THE YEAR
1. Hyangla Selo Juhari - Indira Lama, Shashikala Moktan, Prem Moktan and Megh Dong (Winner)
2. Reshunga ko shir - Bishnu Majhi, Mantri Kaushal, Narayan B. P. Pariyar and Raju Pariyar
3. Gurasghari Bann - Ram Bahadur Nepal and Mandavi Tripati
4. Pardesi katha - Bhagwan Bhandari
5. Ghamai Chayale - Raj Rai
BEST FEMALE POP VOCAL PERFORMANCE
1. Juna Prasai - Aauthyau timi
2. Parvati Rai - Mero deuta (Winner)
3. Pooja Rai - Ayo koi
4. Prashna Shakya - Hawa jastai
5. Reshma Sunuwar - Kya mitho
BEST MALE POP VOCAL PERFORMANCE
1. Deepesh Kishore Bhattarai - Ankha Judhaera (Winner)
2. Nabin K Bhattarai - Ai yai yai yai
3. Rajesh Payal Rai - Khass ta kehi chaina
4. Udesh Shrestha - Ke chahanchau
5. Varat Sitaula - Timi sundar
BEST FEMALE VOCAL PERFORMANCE
1. Devika Bandana - Chithi lekhecha
2. Kunti Moktan - Hajur palnuhola (Winner)
3. Reema Gurung Hoda - Magg Magg
4. Sangeeta Rana - Kun papile
5. Yashoda Parajuli - Feri timro samjhanama
BEST MALE VOCAL PERFORMANCE
1. Jagdish Samal - Dekhchu feri
2. Karna Das - Tyasto sathi
3. Rajesh Payal Rai - Namaga Masanga (Winner)
4. Ram Krishna Dhakal - Dilko Kura
5. Swaroop Raj Acharya - Kahile samma
SONG OF THE YEAR
1. Kahila Samma - Ananda Adhikari (Winner)
2. Maya Mitho bhanthe aru - Dinesh Adhikari
3. China jana bhae pachi - Karma Bomzon
4. Salala - Nawaraj Lamsal
5. Natak - Ramesh Adhikari
ALBUM OF THE YEAR
1. On Air - 1974 AD
2. G Major - Nabin K Bhattarai
3. Kamana - Rajesh Payal Rai (Winner)
4. Muzik - Satya and Swaroop Raj Acharya
5. Rahashya - Udesh Shrestha
RECORD OF THE YEAR
1. Dekhchu feri - Jagdish Samal
2. China jana bhaya pachhi - Karma Bomzan (Winner)
3. Ayei ayei ayei - Nabin K Bhattarai
4. Khaas ta kehi chhaina - Rajesh Payal Rai
5. Ke chahanchau - Udesh Shrestha
|