Home» Around the World »Weird and Interesting

पत्रकारको यो चाला !


यूरोपेली मुलुकको रोमानियामा दुइ पत्रकारहरुले मुख्य विमानस्थलमा अल काइदा एयरलाइन्सको पोशाक लगाएर विमानभित्र छिर्दै बम राख्न समेत भ्याएका छन् । तर उनीहरुले साँच्चिकै बम चाहिँ राखेका होइनन् । रोमानियाको विमान सुरक्षा व्यवस्था कति कमजोर छ भनेर प्रमाणित गर्न ती पत्रकारहरुले यस्तो विधि अपनाएका हुन् ।

रोमानियाको राजधानी भुखारेस्टस्थित बेनेसा विमानस्थलमा खोज पत्रकारिता अर्न्तर्गत यी दुइ पत्रकारले यो तरिका अपनाएका थिए । ती दुइले 'अल काइदा एयरलाइन्स'को प्रमाणपत्र धारण गर्दै त्यही शब्द लेखिएको कपडा, ज्याकेट र टोपी लगाएर उनीहरु विमानस्थलभित्र मात्रै छिरेनन्, सीधै एउटा विमानमा नक्कली बम समेत राख्न भ्याएका थिए ।

यो काम एकेडेमिया क्याटावेन्सु पत्रिकाका दुइ पत्रकार एलेक्सान्द्रु कटिस र क्याटालिन प्रिसाकारुले खुबी देखाउँदै सम्पन्न गरेका थिए । ती दुवैले मज्जाले विमानस्थलको स्टाफ कार पार्किङ छेउ आफ्नो कार पार्किङ गरेर विना कुनै अवरोध विमानस्थलभित्र छिरेका थिए ।

विमानभित्र बम राखिसकेर दुवै सेनाको टुकडी रहने ठाउँमा गई विमानमा बम भएको हल्ला गरे । त्यसलगत्तै हर्कतमा आएको सेनाले कसैले पनि सुरक्षा संयन्त्र जाँच्दै नजाँची उड्न लागेको विमानलाई रोकेको थियो ।

"हामीले सुरक्षाको कमजोरीका बारेमा धेरैले धेरै कुरा गरेको सुन्यौँ । हामीले पाठ पढाउने कुरा गलत होला, तर अबउप्रान्त सुरक्षामा यहाँका कर्मचारीले यस्तो लापरवाही साँध्ने छैनन्", दुवै पत्रकारले एकमुखले बताए । "यदि हामीले चाहेको भए हामीले चाहेजति डाइनामाइट बोकेर ल्याई विमानलाई उडाइदिन सक्थ्यौँ", तिनले बताए ।

पत्रिकामा यो खबर छापिएपछि रोमानिया सरकारले एउटा जाँच आयोग बनाएको छ, जसमा विमानस्थलको कमजोर सुरक्षास्थितिका बारेमा पत्ता लगाई त्यसको निदान गर्नु रहेको पनि अखबारले जनाएको एनानोभा समाचार संस्थाले बताएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! माया सुन्दरी बलिउड गुगल मुद्दा मामिला मूर्ख्याइँ सेलेब्रिटी इन्टरनेट भव्यता विज्ञापन श्रीमानश्रीमती प्रविधि कीर्तिमान परिस्थिति उपाय नग्नता हलिउड फट्याइँ सेक्स
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,