Home» City Life »Updates

नेपाली शब्दकोश अब इन्टरनेटमा


तपाइँले नेपाली इन्टरनेटमा छिर्दा अब नेपाली शब्दहरु बुझिनँ भनेर चिन्ता लिनु पर्दैन । त्यो चिन्ता नेपालका विद्वानहरु मिलेर लिइसकेका छन् । मदन पुरस्कार पुस्तकालय, त्रिभुवन विश्वविद्यालय तथा बेलायती विश्वविद्यालयहरु लानकास्टर, द ओपन युनिभर्सिटी, गोटेबर्ग युनिभर्सिटी, युरोपियन ल्याङ्वेज रिसोर्स सेन्टर मिली अनलाइन डिक्सनेरी सिर्जना गरेका छन् ।

साढे सात हजार शब्दहरु राखिसकिएको यस अनलाइन डिक्सनरीको मंगलबार साँझ एक कार्यक्रमका बीच शिक्षा तथा खेलकूद मन्त्री प्रदीप नेपालले ल्यापटपबाट उद्घाटन गरेका थिए । इन्टरनेट आफ्ना लागि सधैँ आकर्षाको विषयवस्तु भएको बताउँदै खेलकूद मन्त्री नेपालले १० वर्षघिदेखि नै ल्यापटप बोकेर हिँडेको संस्मरण गरेका थिए ।

यता नेपाली शब्दहरुको अनलाइन शब्दकोशपछि अन्य नेपाली भाषाहरुको अनलाइन भर्सनका लागि पनि काम शुरु गरिने जानकारी मदन पुरस्कार पुस्तकालयले जानकारी गराएको छ । तपाइँलाई पनि चासो जागिसक्यो भने नेपालीशब्दकोशडटकममा जानुहोस् र मज्जाले शब्द खोजीखोजी तिनको अर्थ जान्नुहोस् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
events माओवादी संविधानसभा हल्ला मोबाईल awards सेलेब्रिटी पेट्रोल streets crisis समलिङगी अनुभव hi-life celebrity festival
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,