Home» City Life »Updates

आयो तेल, गयो तेल !

तराइमा आन्दोलन स्थगित भएको एक साताभन्दा बढी समय बिते पनि काठमाडौँमा तेलको हाहाकार जारी छ । त्यसमाथि झन् आजदेखि तराइ बन्दको हल्लाले त उपभोक्ताले तेल लिन पाएको यो मौका हातबाट गुम्न दिएका छैनन् । त्यसैले हिजो रातिसम्म पेट्रोल पम्पमा पेट्रोल हाल्न चाहने गाडीधनीहरुको लामो कतार देख्न सकिन्थ्यो ।

हिजोको दृश्य अन्य दिनको भन्दा बरु सहज देखिन्थ्यो किनभने नेपाल आयल निगमले राजधानीका १४० पेट्रोल पम्पमध्ये अधिकांशमा दर्ुइ लाख ९० हजार लिटर पेट्रोल बाँडेका कारण गाडीधनी, ट्याक्सीचालक र र्सवसाधारणले राहतको अनुभव गरेका थिए । आयल निगम सूत्रका अनुसार अधिकांश पेट्रोल पम्पहरुलाई तीनदेखि ६ हजार लिटरसम्म बाँडिएकाले केही दिनसम्म राजधानीमा तेलको अभाव नहुने बताएको छ ।

तर यो राहतको क्षण केही दिनका लागि मात्र हो कि भन्ने आशंका उत्तिकै छ । किनभने नेपाल सरकारसँग मधेसी जनअधिकार फोरमले वार्ताको वातावरण मिलाउन स्थगन गरेको बन्दको म्याद आज सकिँदैछ र आजदेखि पुनः १८ गतेसम्म बन्द जारी हुने समाचारस्रोतले जानकारी गराइसकेका छन् । तर पनि आयल निगम यसमा सहमत छैन । बन्द हुँदासमेत दश बाह्र दिनका लागि आयल निगमसँग पर्याप्त तेलको मौज्दात रहेको उसको दाबी छ ।

बन्दको हल्लाका कारणले हिजो पेट्रोल पम्पमा पेट्रोल पर्याप्त मात्रामा रहे पनि अधिकांश गाडीहरु पेट्रोलका लागि तँछाडमछाड गरिरहेको अनुभव भएको थियो ।

पेट्रोल अभावका कारण उपभोक्ता यति तर्सिएका छन् कि चाहिँदोभन्दा बढी भण्डारण गर्न तीन चार वटा पेट्रोल पम्पमा धाएको पनि देख्न सकिन्थ्यो । यसरी तर्सिएका उपभोक्ताहरु तेलमा झेल गर्नसमेत तम्सिएका देखिन्थे । छिनमै पेट्रोल पम्पमा हजारौँ लिटर तेल स्वाहा भएको देख्दा यस्तो लाग्थ्यो- छिनमा तेल आउँछ, छिनमै सकिन्छ । क्या बात् ! आयो तेल- गयो तेल !!

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
crisis पेट्रोल समलिङगी मोबाईल हल्ला सेलेब्रिटी awards माओवादी संविधानसभा celebrity अनुभव streets festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,